‘उस्तै उस्तै मान्छे’ र गीत तथा गजल एल्बम ‘मनको सागर’ को विमोचित

बिमोचन

रवि अधिकारी –

स्व. कर्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ को विमोचन गरिएको छ।

राष्ट्रिय नाचघर काठमाडौंमा सोमबार एक कार्यक्रमकाबीच ‘उस्तै उस्तै मान्छे’ र गजल संग्रह ‘मनको सागर’ को वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले विमोचन गरे।

बिमोचन कार्यक्रममा शिक्षक ईश्वरी भण्डारी, वरिष्ठ साहित्यकार तथा समालोचक लक्ष्मण गाम्नागे, साहित्यकार, समालोचक, चलचित्र निर्देशक तथा संचारकर्मी प्रकाश सायमी र चर्चित संगीतकार राजु सिंह लगायतको उपस्थिति रहेको थियो।

विमोचित एल्बम ‘मनको सागर’मा म ७ वटा गीत तथा गजलहरु रहेका छन् । संग्रहित गीत तथा गजलहरुमा अन्जु पन्त, शिव परियार, रामकृष्ण ढकाल, मनोज राज सिवाकोटी, दिपशिखा राहुल, सजल न्यौपाने र बुनु श्रेष्ठ आदीको आवाज रहेको छ । ति गीत तथा गजलहरुमा किरण कडेंल, बि.एन.निराकार, रिदम कडेंल र रामकुमार रिमालले संगीत सिर्जना गरेका छन् भने किरण कडेंल, बि.एन.निराकार, रिदम कडेंल र देवेन्द्र नेवाले संगीत संयोजन गरेका छन्।

विमोचन

चलचित्र निर्माता एवं समाजसेवी गोपाल कर्माचार्यको सभापतित्वमा आयोजित यस समारोहमा स्वर्गिय श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र श्रेष्ठद्वारा रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ एकैसाथ विमोचन गरिएको हो।

२००० सालमा गढीथुम्का, इलाममा जन्मिका श्रेष्ठको गत बर्ष निधन भएको थियो । श्रेष्ठ साहित्यिक क्षेत्रसंगसंगै समाजसेवामा समेत क्रियाशील थिए । करिब ४ दशक शिक्षण पेशामा अनवरत रुपमा क्रियाशील श्रेष्ठले आफ्नो जीवनकालमा नेपालका विकट क्षेत्रहरुमा स्वतःस्फूर्त रुपमा निःशुल्क शिक्षा समेत प्रदान गरेका थिए।

श्रेष्ठको यसअघि नाकको अप्रेशन (हास्यव्यङ्ग्यसंग्रह), ऋतम्भरा (गजलसंग्रह), मनको सागर (गजलसंग्रह) र मुखाले पोथी (बाल–कथासंग्रह) प्रकाशित भैसकेका छन् । कार्यक्रम चलचित्र निर्माता एवं समाजसेवी गोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको हो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

32907