विप्लवलाई दुश्मनभन्दा मोबाइलको डर

फाइल फोटो

घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन छन्।

नेपालमा चाहिँ ‘दुश्मन’ भन्दा पनि डरलाग्दो बनेको छ, मोबाइल।

विप्लव नेकपाले मोबाइलका कारण आफ्ना धेरै नेता–कार्यकर्ता पक्राउ परेको स्वीकार्दै हालै सम्पन्न बैठकमा छलफल चलाएको बताइन्छ।

जसरी शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले आगामी कार्यदिशा तय गर्न विभिन्न प्रकारका विचारगोष्ठी, छलफल र अन्तरक्र्रिया कार्यक्रम आयोजना गरेको थियो, त्यस क्रममा पनि घुसपैठियाले मान्छे पक्राउन छाडेनन्।

शान्ति प्रक्रियामा आएलगतै काभ्रेको दुर्गम पहाडी बस्ती कामीडाँडामा बैठक र गोष्ठी गरियो । उक्त कार्यक्रममा चीनबाट प्रोफेसर वाङ होङवेइ र भारतीय कम्युनिष्ट पार्टीका एक जना नेता आएका थिए । बैठक चलिरहेको बेला कुनै नेत्रीले फोटो खिचेर कतै पठाइसकेकी थिइन्।

चिनियाँ प्रेफेसर त समस्यामा पर्ने भएन । तर, भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का प्रतिनिधि भने कामीडाँडा बैठक सिध्याएर फर्किने क्रममा वीरगञ्जबाट अगाडि बढ्दाबढ्दै समातिए । त्यसयता भारतीय माओवादीसँग यताको सम्बन्ध विच्छेद छ भने उनीहरुको आफ्नै बैठक बस्दा १० किलोमिटर परै मोबाइल बन्द गरी एक ठाउँ थुपार्ने अभ्यास छ।

अहिले भूमिगत रुपमा गतिविधि गरिरहेको विप्लव नेतृत्वको नेकपाले यस्ता कुरामा सचेतना अपनाउँदै आफ्ना गतिविधि सञ्चालन गरेको छ । यो समाचार जनआस्था साप्ताहिकमा छ।





Comments

comments

33019