बास्केटबलका महान खेलाडी ब्रायन्ट र उनकी छोरीसहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु!

फाइल फोटो
अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियानासहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ।

निजी हेलिकोप्टरमा यात्रा गरिरहेको बेला क्यालिफोर्नियाको कालाबासासमा आइतवार हेलिकोप्टर दुर्घटना भएको हो।

लस एन्जेलसका प्रहरी अधिकारीका अनुसार दुर्घटनामा कोही पनि जीवित नरहेको बताइएको छ।

राष्ट्रिय बास्केटबल एसोसिएसनले आयोजना गर्ने प्रतियोगितामा धेरै जसो समय उत्कृष्ट रहेका उनी ५ पटकसम्म एनबीए च्याम्पियनसमेत बनेका थिए।

कोबेको निधनपछि अमेरिकी खेल क्षेत्र स्तब्ध भएको छ। एनबीएले एक प्रेस विज्ञप्ति जारी गर्दै कोबीको असामायिक निधनले स्तब्ध भएको उल्लेख गरेको छ।

दुर्घटनामा निधन भएका ४१ बर्षका ब्रायन्ट अमेरिकी बास्केटबल इतिहासमा सबैभन्दा महान खेलाडी मध्ये एक मानिन्थे।

फेसबुक पेजमा हेर्नुहोस्





Comments

comments

33636