कोरोनाको असर: पर्यटकीय गन्तव्य पोखरा सुनसान

.

चीनको वुहान शहरबाट फैलिएको नोबल कोरोना भाइरसको असर पोखराको पर्यटनमा देखिएको छ।

चिनियाँ पर्यटकले भरिभराउ हुने यस सिजनमा पोखराको लेकसाइड अहिले सुनसान छ। चिनियाँहरूको नयाँ वर्षको पूर्वसन्ध्यामा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ पर्यटकको आवागमन ठप्प भएको हो। चिनियाँ विमान कम्पनीले नेपाल उडान स्थगित गर्दा पोखरा घुम्नेहरूको संख्या एकदमै घटेको छ।

यस सिजनमा पोखरामा ४० देखि ५० प्रतिशत पर्यटकको आगमन हुने गथ्र्यो । त्यसमध्ये पनि २५ प्रतिशतभन्दा बढी चिनियाँ पर्यटक हुने गर्दथे। तर, अहिले पर्यटक नै न्यून रहेको अवस्था छ। ‘कोरोनाको महामारीले सबैजसो बुकिङ रद्द भएका छन्,’ पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए।

चिनियाँ पर्यटक घट्दा होटलको अकुपेन्सी दरसमेत घटेको छ। ‘अघिल्ला वर्ष यस सिजनमा ४० प्रतिशत अकुपेन्सी हुने गरेकोमा अहिले १५ देखि २० प्रतिशत हाराहारी मात्र छ,’ तुलाचनले बताए।

अहिले चिनियाँ मात्र होइन, अन्य देशका पर्यटकले पनि धमाधम बुकिङ रद्द गरेका छन्। हालका दिनहरूमा पोखरामा चिनियाँ मात्र होइन, अन्य विदेशी पर्यटकसमेत देख्न मुश्किल भएको पर्यटन व्यवसायीको भनाइ छ। यो समाचार आर्थिक अभियान दैनिकमा नरहरि पौड्यालले लेखेका छन्।





Comments

comments

33799