तमू समाज मकाउद्वारा मुख्यमन्त्री राहतकोषमा १ लाख सहयोग

फोटोः सहयोग हस्तान्तरण

रोशनी तमू / एचकेनेपाल डट कम –

पोखरा, १८ जेठ। गुरुङ (तमू) समाज मकाउले गण्डकी प्रदेश सरकारले स्थापना गरेको मुख्यमन्त्री राहतकोषमा १ लाख १ सय ५ रुपैंयाँ सहयोग गरेको छ।

समाजका अध्यक्ष रामेन्द्रकुमार गुरुङको नेतृत्वमा समाजका पदाधिकारी र अन्य सदस्यहरुको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो।

रकम हस्तान्तर गर्दै अध्यक्ष गुरुङले आफूहरु विदेशमा भएता पनि देशलाई संकट पर्दा सक्दो सहयोग गर्न सधैं तत्पर रहेको बताउनुभयो।

रकम ग्रहण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला देश दुःख र समस्यामा रहेको भन्दै दुःखको बेला सहयोग गर्नेहरुप्रति आफ्नो सधैं सहनुभूति रहने बताउनुभयो।

फोटोः रोशनी तमू

सुखको बेला भेटन आउनेहरु भन्दा दुःखको बेला भेट्नहरुको बढी सम्झना रहने समेत उहाँले बताउनुभयो। उहाँले समाजलाई धन्यवादसहित आभार पत्र समेत प्रदान गर्नुभयो।

स्थापनाकालदेखि नै सामाजिक काममा सक्रिय रहदै आएको समाजले यसअघि पनि विभिन्न संघ संस्था र विपतीमा परेको व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36860