बेलायतमा जुलाईबाट लकडाउन खुकुलो हुने…

लण्डन संवाददाता- बेलायतमा जुलाईदेखि लकडाउन खुकुलो हुने भएको छ।

कोरोनाभाइरसका कारण लकडाउनको सामना गरिरहेका बेलायतमा जुलाई ४ तारिखदेखि पब, रेस्टुरेन्ट, होटेल, कपाल काट्ने सैलुन, म्यूजिम, पुस्तकालय, मन्दिर, मस्जिद, चर्चलगायतका स्थल र क्यान्टिन समेत खुल्ने भएका छन्।

नाइट क्लव, क्यासिनो, बलिङ, इन्डोर स्केटिङ, स्पा, नेल बार, ब्युटी सैलुन, मसाज, ट्याटु, पियर्सिङ पार्लर, जीमलगायत फिटनेस सेन्टरहरु, स्वीमिङ पुल,वाटर पार्क, प्रदर्शनी केन्द्रहरुलाई भने अझै खुल्न अनुमति दिइएको छैन।

बेलायती प्रधानमन्त्री बोरिस जोनसन

मंगलबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा भने ‘सम्भव भएको ठाउँमा २ मिटर र सम्भव नभएको ठाउँमा सामाजिक दूरी १ मिटर कायम गरे हुन्छ। इङ्ल्यान्डमा सामाजिक दूरीको पालाना गर्दै दुई घरपरिवार भेटघाट गर्न सक्ने छन् भने विवाहमा ३० जनासम्म पाहुना लैजान पाइने छ तर यी निर्णयहरु परिस्थिति हेरी फिर्तासमेत गर्न सकिने छ।’

प्रधानमन्त्री जोन्सनले अनिवार्यरुपमा मास्क लगाउनु पर्ने प्रष्ट पार्दै स्कटल्याण्ड तथा वेल्समा भने तत्कालकालागि सामाजिक दूरी २ मिटर नै रहने बताइएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37345