कोरोनाबाट विदेशमा यो साता १३ नेपालीको मृत्यु

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

लण्डन, ५ जुलाई। कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गयो। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना नेपालीको निधन भएको हो।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा संख्या १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमान लगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ।

फाइल फोटो

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्युन हुदै गइरहेको तथ्यांकले देखाउँछ।

समितिका अनुसार शनिवार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ जना गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन्।

नेपालमा १५ हजार ४ सय ९४ जनामा कोरोना संक्रमण देखिए पनि हाल सम्म ६ हजार ४ सय १५ जना कोरोना मुक्त भएका छन् । यस्तै ३४ जनाले ज्यान गुमाएका छन् । एनआरएनएका अनुसार हाल सम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन्।

१८ हजार २ सय ९३ जनाको उद्धार
यसै बीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि बिभिन्न देशमा रोकिएका नेपालीहरुको उद्दारको काम तीब्रता दिइएको छ । एनआरएनए र विदेशस्थित नेपाली कुटनीति नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्दार गरिएको छ।

अफगानिस्तान, अष्ट्रिेलया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, वंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साृदी अरब, सिंगापुर, हङ्गकङ्ग, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपालीहरु नेपाल फर्किका छन्।

यसै बीच विदेशमा निधन भएका नेपालीको ३ सय ५२ शव मध्य १ सय १५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ भने बाँकी १०५ शवको व्यवस्थापनको काम बाँकी रहेको छ। ती शव मध्य १ सय ३२ जना नेपालीहरुको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ।
[table “” not found /]





Comments

comments

37470