सङ्कलित आँखाका नानी प्रयोग हुन सकेनन्…

काठमाडौँ, कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पछिको बन्दाबन्दीको अवधिमा समेत आँखाका नानी निरन्तर रूपमा सङ्कलन भइरहेका छन् तर यातायातको असुविधाले सङ्कलन भएका नानी प्रत्यारोपण गर्न माग भएका स्थानमा पुर्याउन सम्भव हुन सकेको छैन।

नेपाल आँखा बैङ्क तीलगङ्गाका निर्देशक शङ्खनारायण त्वयनाका अनुसार तीलगङ्गामै आएका दृष्टिविहीनमा नानी प्रत्यारोपण गरिएको छ।

फाइल फोटो

बुधबार नेपाल आँखा अस्पतालमा एउटा नानी दिन सकिएको छ। उनका अनुसार बन्दाबन्दीका बेला पनि शवबाट महिनामा १२ वटा जति नानी सङ्कलन भए।

उपत्यकाका विभिन्न अस्पताल, विद्युतीय शवदाह गृह र आर्यघाटको परम्पराका चितामा आएका शवबाट नानी सङ्कलन हुने गरेको छ। आर्यघाटमा शवदाह गर्ने मजदुर चन्द्र ढकालका अनुसार शव जलाउने सबै मजदुरले शव जलाउनुअघि नानी प्रत्यारोपण गर्न दान दिन मलामीलाई आग्रह गर्दै आएका छन्। यो समाचार गोरखापत्र दैनिकमा छ।





Comments

comments

Trending Now : तिब्बततर्फ मरुभूमि खण्डमा सीमा स्तम्भ पहिचान गर्ने कार्य सम्पन्न
37872