यस्ता छन् हाम्रा डाक्टर, पाठेघरभित्रै कैंची र कपडा …

ओखलढुंगा, चैत १६ – ओखलढुंगा सामुदायिक अस्पताल ‘मिसन’का चिकित्सकले उपचारमा चरम लापरबाही गरेको खुलेको छ।

तलुवा ४ की २४ वर्षीया रञ्जना राईको पाठेघरमा चिकित्सकले कैंची र कपडा छाडेका हुन्।

तीन महिनाकी गर्भवती रञ्जनाको रक्तस्राव भएपछि गत फागुन ४ मा अस्पताल भर्ना भएकी थिइन्। चिकित्सकको सल्लाहबमोजिम भोलिपल्ट उनको गर्भपतन गराइयो। चिकित्सकले पाठेघरभित्रै कपडा र कैंची छाडेका हुन्। दोस्रो पटक अस्पताल आउँदा पाठेघरबाट कैंची निकालिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

5351