डा. कमलराज शर्मा
वरिष्ठ बालरोग विशेषज्ञ
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, नयाँ पत्रिका

स्तनमा दूध आउनका लागि आमाको शरीरमा दुईवटा हर्मोनले विशेष भूमिका खेल्छन् । एउटा प्रोल्याक्टिङ हर्मोन र अर्को डेड जाउन रिफ्लेक्स वा अक्सिटोसिन रिफ्लेक्स भन्ने हर्मोन। प्रोल्याक्टिङ हर्मोनले दूध उत्पादन गर्छ । अर्को डेड जाउन रिफ्लेक्स वा अक्सिटोसिन रिफ्लेक्स भन्ने हर्मोनले स्तनमा जम्मा भएको दूधलाई निचोरेर बाहिर निकाल्न मद्दत गर्छ।

यी दुवै हर्मोनले आमाको मस्तिष्कमा आउने सोच र बच्चाको क्रियाकलापका आधारमा सक्रिय हुने वा निष्क्रिय हुने काम गर्छ । बच्चाले आमाको दूध चुसेको अवस्थाबाहेक पनि कहिलेकाहीँ आमाको स्तनबाट आफँै दूध झरेको हुन्छ वा स्तन रसाउँछ । यस्तो हुनुको कारण पनि त्यही प्रोल्याक्टिङ र अक्सिटोसिन हर्मोनको कारण हो।

जब आमाको मस्तिष्कले आफ्नो बच्चालाई दूध खुवाउनुपर्ने वेला भयो भनेर मस्तिष्कमा सोच बनाउँछिन्, उनको मस्तिष्कले प्रोल्याक्टिङ हर्मोनलाई सक्रिय गराइहाल्छ, दूध उत्पादन सुरु भइहाल्छ । यसरी जम्मा भएको दूधलाई बाहिर पठाउने काम अक्सिटोसिनले गर्छ।

सम्झिँदा मात्रै होइन, बच्चा रोएको आवाजले पनि ती हर्मोनहरू सक्रिय हुन्छन्। बच्चालाई छोडेर टाढा भएका वेला बच्चा भोकायो कि भन्ने सोचेमा, आफूले खाजा वा खानेकुरा खाँदा आफूबाट टाढा भएको बच्चाको बारेमा सम्झेमा पनि स्तनबाट आफैँ दूध आउँछ। कतिपय आमाले अरू बच्चाले स्तनपान गरेको देखेमा पनि स्तन रसाउँछ। त्यस्तै बच्चाको कपडा, बच्चाको गन्धले पनि स्तन रसाउँछ।

आमाको सोच बच्चाप्रति जति सकारात्मक हुन्छ, त्यति नै बढी दूध आउँछ। त्यस्तैगरी, जति बढी स्तनपान गरायो, उति बढी दूध आउँछ। नवजात शिशुका लागि पहिलो र दोस्रो दिन खासै धेरै दूध चाहिँदैन। तर, तेस्रो दिनदेखि धेरै मात्रामा दूध चाहिन्छ। सामान्यतया नवजात शिशुलाई दैनिक आठदेखि १० पटकसम्म स्तनपान गराउनुपर्छ। नवाजात शिशुको तौलअनुसार दूध आवश्यक पर्छ। सामान्यत: जन्मिँदा तीन किलो तौल भएको शिशुलाई २४ घन्टामा १८० एमएल दूध आवश्यक पर्छ।



.















Comments

comments