Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल भारत सीमा दसगजामा भारतको मनोमानी…

भारतले नेपाली भूभाग डुबानमा पर्ने गरी दसगजामा निर्माण गरिरहेको संरचनाप्रति नेपाल सरकारले आपत्ति जनाएको छ।


फाइल फोटो

नेपालले सीमा क्षेत्रमा पूर्व-पश्चिम तटबन्ध निर्माणकार्य तत्काल रोकी नेपाली भूभागलाई डुबानमुक्त राख्न भारतलाई आग्रह गरेको हो।नेपाल र भारतबीच बिहीबार काठमाडौंमा सम्पन्न बाढी व्यवस्था संयुक्त समितिको दसौं बैठकमा नेपाली पक्षले भारतले सीमा क्षेत्रमा पूर्व-पश्चिम लगातार तटबन्धलगायतका संरचना निर्माण गरेर नेपालको उत्तर-दक्षिण बग्ने सयौं नदी र नालाहरूको निकास रोकेका कारण डुबान भएको तथ्य भारतीय पक्षसामु पेस गरेको थियो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

‘भारतले सीमा क्षेत्रमा बनाइरहेको संरचनाप्रति हामीले आपत्ति जनायौं,’ बैठकमा नेपाली पक्षको नेतृत्व गरेका जलउत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक निरञ्जनदेव पाण्डेले सोमबार भने। पाण्डेले सीमा क्षेत्रमा यस्ता संरचना निर्माणकार्य रोक्न नेपाली पक्षले अडान राखेको बताए।





Comments

comments

Leave a Reply

10043