Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युएईका चेलीहरुलाई धादिङ समाज युएईले दर खुवाए

लालबहादुर ढेंगा / एचकेनेपाल डट कम-
दुबई, युएई। वैदेशिक रोजगारीको सिलसिलामा युएईस्थित कार्यरत नेपाली चेलीहरुको माइतीको सम्झना र दर खाने रहरलाई दुबईको याक एण्ड यति नेपाली रेष्टुरेण्टमा धादिङ समाज युएईले पूरा गरिदिएको छ। महिलाहरुको हरितालिका तीज नजिकिदै जादा दाजुभाई तथा दिदीबहिनीहरुलाई जमघट गराई दर खाने कार्यक्रम आयोजना गरिएको हो।

तीज बिशेष दर खाने कार्यक्रमको प्रमुख अतिथिमा धादिङ समाज युएईका संरक्षक चन्द्रप्रसाद सापकोटा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता धादिङ समाज युएईका अध्यक्ष भिम अधिकारीले गर्नुभएको थियो। अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेका थिए। उपाध्यक्ष धनबहादुर पाठकको शुभकामना मन्तव्य र महासचिव गुणनिधि धमलाको संचालनमा भएको कार्यक्रम दुई चरणमा विभाजित गरिएको थियो। जसमा पहिलो चरणको कार्यक्रम औपचारिकको रुपमा रहेको थियो भने दोस्रो चरणको कार्यक्रम दर खाने र रमाइलो गर्ने कार्यक्रम रहेको थियो।

दैनिक आ–आफ्नो ड्यूटीमा व्यस्त रहने चेलीहरु त्यस दिन भने सातो साडी र छड्के तिलहरीको पहिरनमा सजिएर दर खानमा मस्त देखिन्थ्यो। यसरी पूर्खादेखि चलिआएको परम्परागत दर खाने प्रथालाई प्रवासको भूमिमा उजागर गर्नु पनि सह्रानीय कार्यको रुपमा लिनु पर्दछ। धादिङ समाज युएईले यस्ता प्रकारका कार्यक्रम आयोजना गरेर साच्चिकै युएईका चेलीहरुको माइतीको सम्झना बिर्साई दिएका छन्।

सो अवसरमा संस्थालाई स्थापनाकालदेखि नै मलजल गर्दै विभिन्न ठाउंबाट टेवा पु¥याएको भन्दै क्रमशः चन्द्रप्रसाद सापकोटा, भुवन गुरुङ र लेख योञ्जन तामाङलाई सम्मान समेत गरेको छ। त्यसैगरी तीज बिशेष दर कार्यक्रम आयोजना गर्नको निम्ती विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने लालबहादुर ढेंगा, लक्ष्मण भण्डारी, राजु खड्का, गोपाल कंडेल, राजेन्द्र अधिकारी, चित्रबहादुर केसी र मणिप्रसाद भुर्तेललाई सम्मान पत्र दिए।





Comments

comments

1009