Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
दुर्जकुमार राई सशस्त्रका कार्यवाहक प्रमुख – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दुर्जकुमार राई सशस्त्रका कार्यवाहक प्रमुख

काठमाडौं, सत्तारूढ दुई दल एमाले र एमाओवादीबीच दुई दिन लामो विवादपछि अन्ततः दुर्जकुमार राईलाई सशस्त्र प्रहरी बलको कार्यवाहक प्रमुखको जिम्मेवारी तोकिएको छ।

मन्त्रिपरिषद्ले सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक दुर्जकुमार राईलाई कार्यवाहक महानिरीक्षक तोकेको खबर अन्नपूर्णपोस्ट दैनिकमा छापिएको छ। शुक्रबार अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा छानबिनका सिफारिस गरेबमोजिम सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई तीन महिनाका लागि निलम्बन गरेको छ।

बिहीबार अख्तियारले सरकारलाई पत्र लेख्दै वन्तलाई निलम्बन गर्न निर्देशन दिएको थियो। अख्तियारको निर्णयसँगै सत्ता साझेदार दल एमाले र एमाओवादीबीच पटकपटक यस विषयमा छलफल भएको थियो।

बिहीबार र शुक्रबार प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री शक्ति बस्नेत र मुख्यसचिव सोमलाल सुवेदीबीच छलफल भएको थियो। मुख्यसचिव सुवेदीले अख्तियारले पत्र लेखेका कारण कानुनबमोजिम वन्तलाई निलम्बन गर्न उपयुक्त हुने राय दिएको स्रोतले बतायो।

वन्तलाई निलम्बन गर्ने विषयमा सहमति भए पनि कार्यवाहक कसलाई दिने भन्नेमा एमाले र एमाओवादीबीच शुक्रबार दिनभरजसो नै छलफल भएको थियो। कार्यवाहक दिने विषयमा एमाओवादी अध्यक्ष दाहालले कृष्णकुमार तामाङ र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राईको नाम अगाडि सारेको स्रोतले बतायो।

वरिष्ठताका आधारमा कार्यवाहक दिनुपर्नेमा प्रधानमन्त्री ओलीले अडान लिएका थिए भने राईको नाम दोस्रो जनआन्दोलन दमन गर्नेमा भएकाले उनलाई दिनु नहुने तर्क दाहालले गरेका थिए।





Comments

comments

Leave a Reply

10105