खतरनाक लुटेरा पक्राउ गर्ने नेपाली अमेरिकी प्रहरीद्वारा सम्मानित

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। वाशिंगटन डिसी अत्यधिक अपराधिक गतिबिधिमा पहिलो १० औं स्थानमा पर्दैन र पनि अमेरिकाको अपराधिक गतिबिधि हुने महानगरीमा २९ औ स्थानमा पर्दछ। यस क्षेत्रमा बिबिध प्रकारका अपराध हुने गर्दछन्। अधिकासं अफ्रिकन अमेरिकन (अश्वेत) यस्ता क्रियाकलाबमा संलग्न देखिन्छन्।

नेपालीमूलका नागरिक कयौं पटक यस्ता गतिबिधिका शिकार भएका छन्। यस्तै शिकारबाट बाल बाल बच्न सफल भएका डिसी महानगर क्षेत्रमा बसोबास गर्ने काठमाडौँ कालिमाटीमा जन्मी बानेश्वरमा हुर्केका १० खेलमा १० वटा पदक जित्ने कीर्तिमानी भूतपूर्व कराते खेलाडी उज्ज्वल ठकुरीलाई डिसी महानगर क्षेत्रको आर्लिंगटन प्रहरी बिभागले सम्मानित गरेको छ।

उनले पटक पटक अदम्य साहस ,आँट तथा बहादुरी देखाई डिसी महानगर क्षेत्रमा रहेका अस्वेत जातिका लुटेराहरुलाईलाई प्रहरी समक्ष बयान ,भिडन्त तथा अदालतमा उपस्थिति भै अन्य जानकारी दिएकोले उनलाई सम्मान पत्र दिइएको हो।

ठकुरी देशको नाम राख्ने खेलाडी मात्र नभई उनको बहादुरीको चर्चा परिचर्चा अमेरिकाको डिसी महानगर क्षेत्रको प्रहरी विभागमा पनि हुन थालेको छ। नेपालीहरु पनि बहादुर हुन्छन् भनि अमेरिकाका प्रहरीको मस्तिष्कमा राख्न सफल भएका छन्। उनी एक कुसल कराते खेलाडी हुन्। उनले नेपालीहरु पनि साहसी ,आँटी तथा बहादुर हुदा रहेछन भनि प्रमाण अमेरिकामा गरि दिएका छन्।

उनले ५ बर्ष अगाडी सन् २०१० मा भर्जिनियामा एक महिलाले संचार उपकरण लिएर हिडी रहेको समयमा ३ जना अफ्रिकन अमेरिकन गाडीबाट उत्री आक्रमण गरि समान लुटेर जाने क्रममा संयोग बस सितारियो खेलाडी ठकुरी त्यहि नजदिक भएकोले उनको मनले थामेन। हात बाधेर चुप लागेर बसेनन्। तुरुन्त प्रहरीलाई खबर गरि प्रहरीको पछि लागि ति लुटेराहरु समातिए।

यस्तै गरि दोश्रो पटक पटक सन् २०१२ फेब्रुअरी झन्डै मध्य रातमा डिसीमा एक आइमाईलाई लुटियो l कराते खेलाडी ठकुरीले बहादुरीका साथ प्रहरीलाई खबर गर्दै लुटेरालाई पछ्याउदै प्रहरीलाई सहयोग गरि दोस्रो लुटेरा पनि पक्राउ पर्न सफल भयो l

तेश्रो खतरनाक आक्रमण जुलाई २०१४ मा आफूसंग घट्न गएको बताउदै खुला ठाउँमा भए आफुले उनीहरुलाई ढाल्न सक्थे ठकुरीले भने। घटना डिसीको युनियन स्टेसनमा रातिको समयमा घटेको बताए। उनको गाडीमा बस्न २ जना काला जातिका लुटेराले सांघातिक हमला गर्दा झन्डै ज्यान जानबाट बच्यो ठकुरीले भने। दुई जना लुटेरामध्ये एउटाले पछाडीबाट चालक बस्ने ठाउँमा आफूले बाधेकोपेटीले घाँटी थिच्यो र अर्को अगाडिकोले चक्कु प्रहार गर्दा आफुले समातेपछि लाग्न नपाएको बताए।

आफूसंग भएको थोरै रकम दिएपछि लुटेरा भागे तर एकै छिनमा प्रहरी आएकोले आफूसंग घटेको घटनालाई आफूले नछोड्ने प्रतिबद्धता सहित लुटेरालाई चिनी प्रहरीलाई सहयोग गरे।

आफूलाई लुट्ने २ लुटेरा मध्ये १ जना को १४ वटा मुद्धाहरु अदालतमा दायर भएको अपराधी रहेको बताए। लुटपाटको ३ वटा मुद्धाहरु त्यो लुटेराको रहेको र प्रहरीको व्यापक खोजीमा रहेको लुटेरालाई पहिचान ठकुरीले गरि दिएका थिए।

अमेरिकामा अधिकांश पीडित /लुटिएका मानिस अदालतमा गएर किन बयान दिदैनन्?

लुटिएपछि आफ्नो ज्यानको सुरक्षाको कारण अधिकांश पीडितहरु अदालत जान अप्ठ्यारो मान्ने गरेको देखिएको छ। अपराधी गतिबिधिका मुद्धा मामलामा धेरै जसो अगाडी बढ्न चाहदैनन् किनभने समय कम ,काममा व्यस्तताको साथै जीवनभर दुस्मनी मोल्नु भन्दा मुद्धा नै दायर तर्फ लाग्दैनन्। अदालतमा बयान गर्न जाने तरखर गर्दा धेरैको हत्या लुटेराले गर्ने गरेका छन्। टेक्सासमा केहि बर्ष अगाडी एक बिद्यार्थीले पनि अदालतमा बयान दिन जाने तयार भएपछि उनलाई गोली हानी हत्या गरिएको थियो । प्रत्यक्षदर्शि भए पनि नदेखे झं गरि हिडने गर्दछन् नदुखेको टाउको दुखाउन मानिस चाहदैनन्।

यस्तो अवस्थामा प्रवासीहरु झन् संलग्न हुन् चाहदैनन्। तर आँटी र साहसी उज्ज्वल ठकुरी अपबाद बने। ठूलो मुद्धा मामला भएकोले प्रहरीले ठकुरीलाई २ पटक सोधेको बताए। यस्तो मामलामा अदालतमा आउने र बयान दिनेलाई लुटेराले दागा धर्ने र हत्या समेत गर्ने भएकोले २ पटक सोच्न मौका दिएको बताए।

राम्रोसंग सोचेपछि ठकुरीले प्रहरीलाई भने मारे राम्रो काम गरेर मरिन्छ। म नेपाली हु र नेपालको नाम राखेर मर्छु तर त्यो अपराधीलाई छोडिदैन ठकुरीले प्रहरीलाई जवाफ दिए। ठकुरीको अदालतमा गएको सहयोगले २ वटा अपराधी समातिए। एक जनालाई १५ र अर्को लाई २० बर्ष कैद गरिसकेको छ।

ठकुरीले यस्तो सहयोग गरेको कारण प्रहरीले सम्मान गरेको हो। ठाकुरले भने आफू अदालतमा जाने भएपछि अरु पीडितहरु पनि अदालतमा उपस्थित भएको बताए। यस्तो मुद्धामा धेरै सबुत ,प्रमाण संकलन गर्नु पर्ने र जिन्दगीभर खतरा मोल्नु पर्ने हुनाले तै चुप मै चुप पनि मानिस गर्ने गर्दछन् ठकुरीले बताए।

म खेलाडी पनि हु मैले यस्तो गर्दा अमेरिकामा खेलाडीप्रति सकारात्मक सोच हुने र बिश्व भर खेलाडीको सम्मान पनि हुने उनले बताए।





Comments

comments

Leave a Reply

10108