जर्मनमा भारी हिमपात र चिसो वर्षा, सयौँ उडान रद्द

बर्लिन । भारी हिमपात र चिसो वर्षाको सामना गर्नुपरेको जर्मनीमा कडा जाडो मौसमका कारण मुलुकको सबैभन्दा व्यस्त फ्र्याङ्कफर्ट विमानस्थालमा बुधबार सयौँ उडान रद्द गर्नुपरेको छ।

फ्र्याङ्कफर्ट विमानस्थालका प्रवक्ताका अनुसार जर्मनीको व्यापारिक राजधानी नाटकीय मौसमको अवस्थाका लागि तयार रहेकाले बिहान ढिलोसम्म एक हजार ४७ उडानमध्ये पाँच सय ७० उडानलाई तालिकाबाट हटाइएको थियो।

दिउँसोसम्म चिसो वर्षाको सुरुआतका कारण बाँकी सबै प्रस्थान निर्धारित तालिकाबाट प्रभावित भएको तर अवतरण अझै पनि सम्भव भएको अर्का प्रवक्ताले बताए । अवरोध कहिलेसम्म जारी रहन्छ भन्नेबारे तत्काल स्पष्ट भएको छैन।

म्युनिख विमानस्थलले पनि खराब मौसमका कारण ‘उडान सेवामा महत्त्वपूर्ण प्रतिबन्ध’ को सूचना दिएको छ । त्यहाँ छ सय ५० निर्धारित उडानमध्ये दुई सय ५० लाई रद्द गरिएको छ।

ध्वजावाहक लुफ्थान्साले यात्रीहरूलाई विमानस्थल प्रस्थान गर्नुअघि उनीहरूको उडानहरू अझै निर्धारित छन् वा छैनन् भनेर पुष्टि गर्न सुझाव दिएको छ।

दक्षिणपश्चिमी तथा मध्य जर्मनीमा कम दबाब दिने प्रणाली गेरट्रुडले विशेषरूपमा बाडेन–वुर्टेमबर्ग राज्यमा ४० सेन्टिमिटर (१६ इन्च) सम्म हिउँ र खतरनाक हिउँको सडकहरूको स्थितिको प्रतिज्ञा गरेको छ । त्यहाँको राज्य प्रहरीले बाडेन–बाडेन नजिकैका सडकहरूमा ‘दुर्घटनाहरू बढ्ने’ सूचना दिएको छ।

त्यस्तै राष्ट्रिय रेल कम्पनी डायचे बानले खराब स्थितिका कारण उसले आफ्नो उच्च–गतिका रेलहरूलाई सुस्त गरिरहेको बताएको छ । उसले विशेषगरी कोलोन र फ्र्याङ्कफर्टको पश्चिमी सहरबीच आफ्नो क्षेत्रीय र लामो दूरीको नेटवर्कमा ढिलाई र रद्द गर्ने चेतावनी दिएको छ।

दक्षिणपश्चिममा राइनल्यान्ड–प्यालाटिनेटमा अग्निनियन्त्रकहरू र अन्य प्राथमिक प्रतिक्रियाहरूले अतिरिक्त कर्मचारी र वाहनहरूलाई बोलाएर सडक दुर्घटना र अन्य आपत्कालीन अवस्थाका लागि तयारी गरेका छन् । उनीहरूले सवारी चालकहरूलाई अत्यावश्यक नभएसम्म सडकमा सवारी ननिकाल्न आग्रह गरेका छन्।

जर्मनीको सबैभन्दा ठूलो राज्य बाभेरियाको ठूलो भूभागमा खतरनाक चिसोको आशङ्कामा स्कुल बन्द गरिएको छ।

  • रासस/एएफपी




Comments

comments

101203