Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोलोराडोमा साहित्यिक गोष्ठी

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
डिसेम्वर २७,कोलोराडो, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आईतबार कोलोराडोको वेस्टमिनिस्टरमा साहित्य संगम कवि गोष्ठी सम्पन्न भयो।

रकि माउन्टेण्ट फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्यको आतिथ्यतामा उनको घरमा सम्पन्न साहित्यिक गोष्ठीमा नेपालबाट कवयित्री मन्दिरा मधुश्री कोईरालाले पठाएकी कविता वाचन गरि गोष्ठीको सुरुआत गरिएको थियो । उक्त साहित्यिक गोष्ठीमा १५ जना कवि, कवयित्री तथा सर्जकहरुले आ-आफ्ना रचना प्रस्तुत गरेका थिए।

यसरी कविता बाचन गर्नेहरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा, नेपालबाट कोलोराडो घुम्न आएका कवि पुष्पराज पौडेल, कवि देब भट्टराई, भोला सिवाकोटी, भुपेन्द्र महत, बासु खनाल, यशोदा भट्ट लगायतका कवि कवयित्री रहेका थिए।

गद्य, पध्य, ऋंगारिक जस्ता शैलीहरुमा वाचन गरिएका अधिकांश कविता तथा गजलहरुमा मातृभूमि नेपालको वर्तमान अवस्था र अमेरिकामा नेपालीहरुको अवस्था झल्काउन खोजिएको थियो। मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो।

कार्यक्रममा पुराना कवि कवयित्रीहरुको कृति वाचन गर्ने क्रममा राष्ट्रकवि माधव घिमीरेको कृित गौरी खण्डकाव्यबाट “मेरी लच्छिनकी जहान” भन्ने शीर्षकको कविता देव भट्टराईले सुरिलो छन्दमा प्रस्तुत गर्दा सवैका आँखा रसाएका थिए। त्यस्तै वसन्त लम्सालको राष्ट्रिय गीत, भुपेन्द्र महतको गजल र बासुदेव खनालको कविताको सहभागी सबैले खुलेर प्रशंसा गरेका थिए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष भुपेन्द्र महतको सभापतित्वमा तथा कवि भोला सिवाकोटीको प्रस्तुतीमा सम्पन्न साहित्यिक गोष्ठीमा प्रस्तुत गीत लगातयतका श्रृजनाको प्रस्तुतीले चट्नीको काम गरेको थियो।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७२ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिनाको अन्तिम आईतवार कवि गोष्ठीको आयोजना हुने गर्दछ।





Comments

comments

Leave a Reply

10246