युएईमा काम गर्ने नेपालीले जीवनमै सोंच्दै नसोचेको कार उपहार पाएपछि…

त्रिलोचन कोइराला / एचकेनेपाल डट कम –
युएई। लेखान्त छ भने कल्पना नै नगरिएको भाग्य पनि आउछ भन्ने उक्ति अहिले पर्वतका अर्जुन कुमार परियारको जीबनमा ठ्याक्कै मेल खाएको छ। कर्म नगरी जिन्दगी चल्दैन भन्दै ६ बर्ष अगाडी युएई पसेका अर्जुन अहिले घर खर्च पठाएको एक महिनाको तलबले नै उनलाई भाग्यमानी बनाइ दिएको छ।

नमूना फोटो

एलएम एक्चेन्जले पैसा पठाउने ग्राहकहरुका लागि सेप्टेम्बर १७ तारिखदेखि ३ महिनासम्म आकर्षक उपहार योजना सार्वजनिक गरेको थियो । त्यो योजनाको पहिलो पुरस्कार एलएम एक्चेन्जको मेघा प्राइजमा अउडी ए थ्री कार नेपालको पर्बत जिल्लाको कुस्मा नगरपालिकाका अर्जुन कुमार परिवार हकदार बनेका छन्।

साथीभाईले बढी रेट दिन्छु भन्दै हुंडीबाट पैसा पठाउन भन्दा नमानी कम्पनि नजिकै अरबिक सेन्टरमा भएको एक्सेन्जबाट नियमित नेपाल पठाएको अर्जुन बताउछन्। जीवनमै नसोचेको उपहार पाएपछि अब के गर्ने केही सोचिनसकेको बताउछन अर्जुन। अर्जुनले पाएको उपहारको राशी एक लाख ३० हजार दिराम (झण्डै साढे ३७ लाख नेपाली रुपैयाँ) भएको एलएम एक्चेन्जले जनाएको छ।

भाग्यमानी अर्जुन

एलएम एक्चेन्जमा कार्यरत मोरङ पथरीका जगत आचार्यका अनुसार पहिलो उपहार योजनामा एक लाख दश हजार जनाले रिमिट प्रयोग गरेका थिए । उपहार योजना गत अक्टोबर २० एक कार्यक्रमकाबीच घोषणा गरिएको थियो । एलएम एक्चेन्जका युएईमा १७ वटा शाखा रहेका छन यस एक्सचेन्जले चाँडै ४ वटा शाखा स्थापना गदैछ।

६ बर्षदेखि युएईमा फार्कनको फारममा सामान्य काम गरिरहेका अर्जुनले तीन जना आफ्ना भाईलाई पनि आफनै कम्पनीमा काममा बोलाएका छन्। २१ जनाको ठूलो संयुक्त परिवार छौ ४ जना यता युएइमा छौं।

पाआच कक्षासम्म मात्र अध्ययन गरेका अर्जुनसंग सिलाइबुनाई, इलेक्ट्रोनिक मेकानिकल, कार्पेन्टर लगायतको शिप छ। अब यो उपहारलाई नेपालमा टेक्निकल कम्पनी खोलेर नेपालमै बेरोजगार भएका नेपालीहरुलाई रोजगार दिने योजना रहेको अर्जुन बताउंछन्।





Comments

comments

Leave a Reply

10263