Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
चर्चित हास्यब्यङ्ग्य टेलि चलचित्र हाक्का हाक्कीको पुनः प्रसारण सुचारु – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चर्चित हास्यब्यङ्ग्य टेलि चलचित्र हाक्का हाक्कीको पुनः प्रसारण सुचारु

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ, नेपाल टेलिभिजनबाट हरेक शनिबार बेलुकी ८:५० मा प्रसारण भई रहेको चर्चित हास्य ब्यङ्ग्य टेलि चलचित्र हाक्का हाक्की पुन सुचारु भएको छ।

मिडिया हबको प्रस्तुति रहेको उक्त हास्यब्यङ्ग टेलि चलचित्र हाक्का हाक्की एक महिनाको अन्तरालपछि पुनः प्रसारण भएको हो। प्राबिधिक कारणले गर्दा प्रसारण रोकिएकोमा क्षमा याचाना गर्दै अब आउने दिनहरुमा अझ बढी सशक्त रुपले दर्शकहरुको मागलाई ध्यान दिदै पूर्ण रुपमा नेपाली दर्शकलाई मनोरंजन दिने कुरा चर्चित हास्य ब्यङ्ग टेलि चलचित्र हाक्का हाक्कीका निर्देशक तथा चर्चित हास्यब्यङ्ग्य कलाकार दमन रुपाखेती बताउछन्।

दमन रुपाखेतीद्वारा निर्देशित तथा राम थापाद्वारा निर्मित हास्य टेली चलचित्र हाक्की हाक्कीले समसमायिक बिषयबस्तुलाई समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ। छोटो समयमा नै दर्शकको मन मुटुमा बस्न सफल चर्चित हास्य टेली चलचित्र हाक्की हाक्कीले अहिलेसम्म आइपुग्दा समय सापेक्ष परिबर्तन गर्दै दर्शकहरुलाई नयां नयां स्वाद दिन पनि सफल भएको छ। यस हास्य ब्यङ्ग टेलि सिरियल हाक्का हाक्कीमा नेपालका चर्चित कलाकारहरु को समाबेसी रहेको छ जसमा दमन रुपाखेती, कबिता शर्मा, सुजित थापा (डेभिड), राम थापा, उमेश कुमार केसी, राधा श्रेष्ठ, मणिराज काफ्ले, सरस्वति खड्का थापा, कुसलभ केसी,गोबिन्द खतिवडालगायत अन्य चर्चित कलाकारहरुको भूमिका रहेको छ।

हाक्काहाक्की बिशुद्ध मनोरन्जनात्मक टेली सिरियल भएको कारणले गर्दा दर्शकहरुले पूर्ण मनोरंजन प्राप्त गर्न सकिने कुरा ब्यबस्थापन प्रमुख तथा चर्चित हास्य कलाकार उमेश कुमार केसी बताउंछन्।





Comments

comments

Leave a Reply

10300