Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

असईको गोली हानी हत्या

सप्तरीमा सोमबार राति प्रहरी सहायकनिरीक्षक रमेश सुब्बाको हत्या भएको छ। सीमा प्रहरीचौकी झुटकीका असई सुब्बा सोमबार बिहानमात्र राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा स्थानान्तरण गरिएका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनी गाउँलेसँग विदा भई मंगलबार सदरमुकाम राजबिराज आउने तयारीमा थिए।

सादा पोसाकमा रहेका सुब्बालाई मोटरसाइकलमा आएका दुईजना हतियारधारीले नर्घो गाविसको झौहराचोकमा गाली प्रहार गरेर फरार भएको प्रहरीउपरीक्षक भीमप्रसाद ढकालले बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10416