Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
आहा रारा गोल्ड कपको लागि हङकङबाट सहयोग – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आहा रारा गोल्ड कपको लागि हङकङबाट सहयोग

समाचारकक्ष / एचकेनेपाल डट कम –
पोखरा २०, पुष। पोखराको लामाचौर स्थायी घर भई हङकङमा कार्यरत बरिष्ठ कानुन व्यवसायी, वलेनी चलचित्रका निर्माता तथा समाजसेवी देव गुरुङले सहारा क्लवलाई ५१ हजार ९ सय ९९ रुपैया सहयोग गर्नु भएको छ। सो रकम सोमबार क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गर्नु भएको हो।

दुई हप्ते छुट्टी पछि हङकङ फर्किने क्रममा सहारा क्लवद्धारा पोखरा एयरपोर्टमा आयोजित विदाई कार्यक्रममा समाजसेवी गुरुङले १४ औं आहा रारा गोल्ड कपको सहयोगार्थ आफ्नो तर्फबाट सानो सहयोग गरेको बताउनु भयो। सो अवसरमा उहाँले आहा रारा गोल्ड कपको भब्य तथा सभ्य सफलताको शुभकामना प्रदान गर्नु भयो।

क्लवको तर्फबाट खादा लगायर विदाई गर्दै क्लवका अध्यक्ष आचार्यले समाजसेवी गुरुङलाई सहयोग प्रति आभार व्यक्त गर्नु भयो। विदाई समारोहमा सल्लाहकार परिषदका अध्यक्ष विक्रम थकाली, सदस्य सुर्दशन रञ्जित, संचारकर्मी एवं रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठको समेत सहभागिता रहेको थियो।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने मूल उद्देश्यका साथ आउदो माघ ५ गतेदेखी १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३ विदेशी सहित १२ टिम सहभागि हुने भएका छन्।

तस्वीरः सुर्दशन रञ्जित





Comments

comments

Leave a Reply

10428