Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतले रोक्यो चिनियाँ कन्टेनर

रक्सौलबाहेकका नाकाबाट पेट्रोलियम लगायत अन्य वस्तुको आयात सहज हुँदै गए पनि तेस्रो देशबाट आयात भएका सामान बोकेका कन्टेनर भने भारतले विभिन्न बाहनामा सीमा क्षेत्रमै रोकेको छ।

सीमा क्षेत्रमा रोकिएका धेरैजसो कन्टेनर चिनियाँ सामानले भरिएका छन्। व्यापारीहरुका अनुसार भारतमाथिको निर्भरता अझ बढाउन र नेपालमा चिनियाँ सामान निरुत्साहित गर्न भारतले कन्टेनर रोकेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ। भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले पनि तेस्रो मुलुकबाट आउने कन्टेनरमा केही कमी भएको बताए।

उनका अनुसार पछिल्लो सातादेखि भारतीय पक्षले पेट्रोलियम पदार्थ पठाउन प्राथमिकता दिएका कारण पनि अन्य मुलुकबाट आउने कन्टेनर भित्रिन कमी आएको हुन सक्छ। भूकम्पका कारण तातोपानी नाका बन्द तथा रसुवागढी नाका सहज हुन नसकेकाले अहिले चीनवाट आउने कन्टेनरसमेत कलकत्ता बन्दरगाह हुँदै नेपाल आउने गरेका छन्। मेची भन्सार कार्यालय काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने तेस्रो देशका कन्टेनरमध्ये करिब आधामा चिनियाँ सामान हुने गरेको भन्सार कार्यालयले जनाएको छ।





Comments

comments

Leave a Reply

10414