Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सहारा एकेडेमीलाई स्वदेशी तथा विदेशीबाट सहयोग आउने क्रम जारी

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा २१, पुष। पोखराको सहारा क्लवद्धारा स्थापना भएको सहारा एकेडेमीमा सहयोग आउने क्रम जारी छ। पछिल्लो क्रममा पोखराको बैदाम स्थायी घर भई बेलायतमा कार्यरत सहारा क्लब यूकेका कोषाध्यक्ष नारायण गुरुङले सहारा एकेडेमी को अक्षयकोषको लागि ५१ हजार १ सय ५ रुपैया आर्थिक सहयोग गरेका छन्।

त्यसै गरी उनकी छोरी प्रीति गुरुङले १० हजार १ सय ५ रुपैया पनि सहयोग गरेकी छन्। सहारा क्लबले गरेको कामदेखि प्रशन्न भइ उनले सो रकम सहयोग गरेकी हुन। उक्त रकम क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरेका हुन्। स्वदेश तथा विदेशमा रहेका दाताहरुको सहयोगले नै एकेडेमी संचालन हुदै आएको अध्यक्ष आचार्यले बताए।

त्यस्तै लेकसाइड निवासी बिष्णु गुरुङ र बेन्जेमीन कोमे रोइल इर्मरटन, आना यूरेइन्स बाट ३१ हजार ७ सय मुल्य बराबरको ३० थान ब्लाङकेट र स्टेस्नरीका सामाग्रीहरु एकेडेमीका बालकहरुलाई एक समारोहबीच वितरण गरिएको छ। पोखरा १७, दोविल्लमा रहेको सहारा एकेडेमीमा हाल १६ जिल्लाका २६ जना वालकहरु रहेका छन्।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने मूल उद्देश्यका साथ आउदो माघ ५ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागि हुने भएका छन्।





Comments

comments

Leave a Reply

10432