Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गैरकानुनी रुपमा बेलायत बसेका नेपालीहरु पक्राउ पर्दै

बेलायतमा गैरकानुनी हैसियतमा बसेका नेपाली समातिने क्रम बढेको छ। प्रहरीले घरैमा गएर नेपालीलाई गिरफ्तार गरी नेपाल फर्काउन थालेको छ।

गैरकानुनी रुपमा बसिरहेका केही नेपाली प्रहरी हिरासतमा रहेको जानकारी लन्डनस्थित नेपाली दूतावाससम्म आइपुगेको छ।

गैरकानुनी रुपमा बस्नेबाहेक बैंक ठगीदेखि बलात्कार र कुटपिटसम्मका अपराधमा केही नेपाली जेल परेको समेत पाइएको छ। रवीन्द्र लामा र सीचा (नाम परिवर्तन) दम्पत्ति गैरकानुनी रुपमा बसेको आरोपमा एक महिनादेखि प्रहरी थुनामा छन्। उनीहरुले भिसा बढाउन निवेदन दिएका थिए।

तर, अध्यागमन अधिकारीहरुले बिनासूचना उक्त जोडीलाई भिसा अस्वीकृत भएको जनाउँदै घरबाटै समाते । स्रोतका अनुसार लामा दम्पत्ति स्वविवेकले नेपाल फर्कन तयार रहे पनि अध्यागमन अधिकारीले यसमा वेवास्ता गरिरहेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

10448