मेस्सीसंग क्रोधित हङकङेली फ्यानहरु !

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ फेब्रुअरी। अर्जेन्टिनाको विश्वकप विजेता तथा फुटबल लिजेन्ड लियोनल मेस्सीसंग हङकङेली प्रशंसकहरु एकाएक क्रोधित बनेका छन्।

मैत्रीपूर्ण खेलअवधिभर मेस्सीले बेञ्चमा बसेर समय बिताएका थिए।

लियोनल मेस्सीको गेम हेर्न महंगा टिकट काटेर गएका उनका हजारौं प्रशंसकहरु मेस्सी फुटबल मैदानमा खेल्न नउत्रिएपछि क्रोधित बनेका हुन्। उनीहरुले यो शताब्दीकै ठूलो ठगी भन्दै आयोजकसंग रिफन्डको माग गरेका छन्।

हङकङ इलेभेन र मेस्सीको इन्टर मियामी टिमबीच आइतवार भएको मैत्रीपूर्ण खेलअवधिभर उनले बेञ्चमा बसेर समय बिताएका थिए। मेस्सीको गेम हेर्न नपाएपछि महंगा टिकट काटेर खेल हेर्न पुगेका हजारौं प्रशंसकहरु निराश र क्रोधित बनेका थिए। उनीहरुले असन्तुष्टि व्यक्त गर्दै ‘वुई वान्ट मेस्सी’, ‘रिफन्ड’ र ‘स्क्याम’ भन्दै नाराबाजीसमेत गरेका थिए।

हङकङ स्टेडियममा सम्पन्न भएको खेलमा हङकङ इलेभेन घरेलु मैदानमा मेस्सीको इन्टर मियामी टिमसंग १-४ गोलले पराजित भएको थियो।

मैत्रीपूर्ण खेलको लागि लियोनल मेस्सी गत शुक्रबार आफ्नो टोलीसहित निजी जेटमा हङकङ आएका थिए।





Comments

comments

105017