Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दुबै मृगौला खराब भएका अम्विकालाई कोरियाबाट आर्थिक सहयोग

एचकेनेपाल डट कम – नेवाः पुचः दक्षिण कोरियाले काठमाडौ जिल्ला कामनपा ३५ निवासी २४ वर्षीय अम्विका डंगोललाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

दुबै मृगौलाले काम गर्न छोडेपछि हाल डंगोललाई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलाइसिस गराइ रहेको छ। दुवै मृगौला प्रत्यारोपण गर्नको लागि ३ लाख ५० हजारदेखि ७ लाखसम्म रुपैया लाग्ने हुँदा कमजोर आर्थिक अवस्थाका कारण मृगौला प्रत्यारोपणमा ढिलाई भईरहेको थियो।

उनको परिवारको आर्थिक अवस्था कमजोरका कारण दक्षिण कोरियास्थित नेवाः पुचः दक्षिण कोरियाका अध्यक्ष कृष्ण मुश्यानको संयोजकत्वमा कोरियामा रकम संकलन अभियान चलाएका थिए।

अभियानमा प्रत्यक्ष संलग्न रही करिब ५६ जना सहयोगीहरुको सहयोगी हातहरुबाट करिब १ लाख ४०हजार रुपैयाँ संकलन गरिएको थियो। संकलित रकमलाई नेवाः पुचः नेपालका अध्यक्ष गुरुज्यु डा. नबिन बज्राचार्य तथा सचिब श्याम महर्जन, समाजसेवी सुर्य मुश्यान, नेवाः पुचः दक्षिण कोरियाका उपाध्यक्ष निर्मल महर्जन तथा सोही संस्थाका सदस्य पुष्कर श्रेष्ठले एक कार्यक्रमवीच शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पौष २५ गतेका दिन हस्तान्तरण गरिएको हो। नेवाः पुचः दक्षिण कोरिया तथा नेवाः पुचः नेपाल दुवै संस्थाले अम्बिका डंगोल सहयोग अभियानमा सहयोग गर्नु भएका सबैलाई हार्दिक धन्यवाद दिएका छन्।





Comments

comments

Leave a Reply

10540