Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकाको दुर्गम राज्य अलास्कामा सबै जाति मिलेर तमु ल्होसार मनाइयो

विजय थापा / एचकेनेपाल डट कम –
नेपाली समाज अलास्का, अमेरिकाले तमु ल्होछार (ल्होसार) पर्ब एसिएन कल्चरल सेन्टर अलास्कामा भब्य रुपमा सम्पन्न गरेको छ। समाजका जेष्ठ नागरिक सोमवती तामाङले पानसमा बत्ति बालेर उद्घाटन गरेको ल्होसार पर्वमा तामाङ र गुरुङको पोशाकमा सजिएकाले नाचगान, कबिता बाचन र रात्रिभोजको आयोजना गरेका थिए।

संस्थाका उपाध्यक्ष सागर तामाङको सभापतित्वमा भएको यस कार्यक्रममा प्रमुख अतिथि समाजका सल्लाहकार प्रविन के सी र बिशेष अतिथिमा १५१ पटक रक्तदाता अर्जुनप्रसाद मैनाली थिए। राज गुरुङ, शुभ पाण्डे र लिसा तामाङले संचालन गरेका यस कार्यक्रममा सल्लाहकार जित तामाङ, प्रविन के सी र भुटानी समाजका रघु मिश्रले सम्बोधन गरेका थिए।

कार्यक्रमको पुर्ब सत्रमा सागर तामाङ्ग, सुभाष लिम्बु, प्रवीण केसी, हर्क गुरुङ, जीत तामाङ, सरोज भट्टराइ, सुभ पाण्डे र अर्जुनप्रसाद मैनालीले रक्तदान गरेका थिए। ल्होसार कार्यक्रमको अन्त्यमा रगत दाताहरु र नाच गानमा सहभागी तथा स्वयंसेवकहरुलाई कार्यक्रमका सभापति तामाङ र बिशेष अतिथि मैनालीले प्रंशास-पत्र प्रदान गरेका थिए।

नेपालको हुम्ला जुम्ला जस्तै संयुक्त राज्य अमेरिकाको अलास्कालाई पनि त्यसरी नै हेरिन्छ । अमेरिकाको उत्तरी पश्चिममा अबस्थित अलास्का तत्कालिन सोभियत संघबाट मार्च ३०, १८६७ मा ७.२ मिलियन डलरमा खरिद गरिएको थियो। १७ लाख १८ हजार स्क्वायर किलोमिटर क्षेत्रफल भएको अलास्काको जम्मा जनसंख्या करिब ७ लाख ४० हजार जति छ।

यो अमेरिकाको ४९ औं राज्य हो। करिब १५ बर्ष देखि नेपालीहरु त्यहा बसोबास गर्दै आइ रहेका छन्। झन्डै १०० को हाराहारीमा रहेका नेपालीहरु डाक्टर, इन्जिनियर, फार्मेसी र क्लर्कका रुपमा स्टोरहरुमा काम गर्दछन्।





Comments

comments

Leave a Reply

10560