चुन वानमा आवासीय भवनमा आगलागी, ५ अस्पतालमा भर्ना र लगभग ६० बासिन्दाहरूको सकुशल उद्धार

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ७ फेब्रुअरी। चुन वानमा आवासीय भवनमा आज विहान आगलागी भएको छ। आगलागीबाट घाइते भएका ५ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने लगभग ६० जना बासिन्दाहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

–

स्थानीय मिडियाका अनुसार हङकङको चुन वानस्थित ३२५ शा सुई रोडमा रहेको एक आवासीय भवनमा आगलागी भएको हो। भवनबाट बाक्लो धुवाँ निस्किएको देखेपछि नजिकैका बासिन्दाले घटनाबारे प्रहरीलाई तुरुन्तै जानकारी दिएका थिए ।

[fvplayer id=”1″]

खबर पाएलगत्तै फायर फाइटरसहितका उद्धारकर्मीहरु घटनास्थल पुगेका थिए। आगलागीबाट घाइते भएका ५ जनालाई अस्पताल लगिएको थियो, जसमध्ये दुई जना बेहोस अवस्थामा फेला परेका थिए। जबकि लगभग ६० जना बासिन्दाहरूलाई तोकिएको सुरक्षित क्षेत्रमा सारिएको छ।

आगलागीबाट भवनका सिँढी र करिडोरहरू जलेका छन् भने केही झ्यालहरू चकनाचुर भएका छन्। घटनालगत्तै विद्युत तथा यान्त्रिक सेवा विभागका कर्मचारीहरू भवनको संरचना र उपकरणको सम्भावित क्षतिको मूल्याङ्कन गर्न घटनास्थलमा पुगेका थिए।





Comments

comments

105641