चुन वानमा आवासीय भवनमा आगलागी, ५ अस्पतालमा भर्ना र लगभग ६० बासिन्दाहरूको सकुशल उद्धार

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ७ फेब्रुअरी। चुन वानमा आवासीय भवनमा आज विहान आगलागी भएको छ। आगलागीबाट घाइते भएका ५ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने लगभग ६० जना बासिन्दाहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

स्थानीय मिडियाका अनुसार हङकङको चुन वानस्थित ३२५ शा सुई रोडमा रहेको एक आवासीय भवनमा आगलागी भएको हो। भवनबाट बाक्लो धुवाँ निस्किएको देखेपछि नजिकैका बासिन्दाले घटनाबारे प्रहरीलाई तुरुन्तै जानकारी दिएका थिए ।

[fvplayer id=”1″]

खबर पाएलगत्तै फायर फाइटरसहितका उद्धारकर्मीहरु घटनास्थल पुगेका थिए। आगलागीबाट घाइते भएका ५ जनालाई अस्पताल लगिएको थियो, जसमध्ये दुई जना बेहोस अवस्थामा फेला परेका थिए। जबकि लगभग ६० जना बासिन्दाहरूलाई तोकिएको सुरक्षित क्षेत्रमा सारिएको छ।

आगलागीबाट भवनका सिँढी र करिडोरहरू जलेका छन् भने केही झ्यालहरू चकनाचुर भएका छन्। घटनालगत्तै विद्युत तथा यान्त्रिक सेवा विभागका कर्मचारीहरू भवनको संरचना र उपकरणको सम्भावित क्षतिको मूल्याङ्कन गर्न घटनास्थलमा पुगेका थिए।





Comments

comments

105641