हङकङ। नेपाल आदिवासी जनजाति युवा संघ हङकङले युवा संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनको आतिथ्य तथा उपस्थितिमा पहिचानसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
पहिचानसम्बन्धी जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष विजयविक्रम लिम्बूले गरेका थिए। संघका सचिव तिलक सोमैले सञ्चालन गरेको कार्यक्रममा सदस्य दिलीप थिङ तामाङले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित थिए।
तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्वीरहरु यहाँ हेर्नुहोस्