Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा ५९ वर्षपछिकै सबैभन्दा चिसो, ताई मो शानमा हिंउ पर्यो (फोटो फिचर)

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, २४ जनवरी। हङकङमा ५९ वर्षपछि आजको दिन सबैभन्दा चिसो दिनको रुपमा मापन गरिएको छ। हङकङको मौसम विभागका अनुसार काउलून स्टेशनमा ३.३ डिग्री सेल्सियस तापमान मापन गरिएको छ।


ताई मो शानमा हिंउ पर्यो। तस्वीरः प्रतीक चाम्लिङ / एचकेनेपाल डट कम

विभागका अनुसार ५९ वर्षपछि यो दिन सबैभन्दा चिसो हो। अघिल्लो रेकर्ड सन् १९५७ को फरवरीमा २.४ डिग्री सेल्सियस थियो।

वरिष्ठ मौसमबिज्ञ वाङ वाई किनले ताई मो शानमा बरफ जमेको बताएका छन्। वरफसंगै सिमसिम पानी परेको उनले बताए। यो क्षेत्रका केही भागमा अझ तापमान कम हुन सक्ने बताएका छन्। शहरी क्षेत्रमा सरदर तापमान ४ डिग्री सेल्सियसको आसपासमा रहेका छन्।

चिसो मौसम यो सप्ताहको मध्यसम्म रहन सक्ने अनुमान गरिएको छ।

यो पनि पढ्नुहोस्
चिसो मौसमका कारण सोमबार हङकङका सबै प्राथमिक विद्यालय र किन्डरगार्टेन बन्द हुने

थप फोटोहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

10709