Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
दपूक्षे तमुधिं लण्डनको वार्षिक साधारण सभा सम्पन्न – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दपूक्षे तमुधिं लण्डनको वार्षिक साधारण सभा सम्पन्न

सुमलकुमार गुरुङ / एचकेनेपाल डट कम –
लण्डन ः दिनांक २४ जनवरी २०१६को दिन प्लमस्टिडस्थित गेसो सभाहलमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको वार्षिक साधारण सभा सम्पन्न भएको छ।

समाजका महासचिव सुमन गुरुङद्वारा सञ्चालित वार्षिक साधारण सभा समाजका अध्यक्ष श्रीचन्द्रको अध्यक्षतामा सम्पन्न भएको थियो। समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार चन्द्रमान गुरुङ, वरिष्ठ सल्लाहकार मोहन गुरुङ तथा सभाध्यक्षद्वारा द्वीप प्रज्वलन गरी सामुहिक उद्घाटन गरेको वार्षिक साधारण सभालाई समाजका हिराप्रसाद गुरुङले स्वागत मन्तव्यको क्रममा सबैलाई आभार, धन्यवाद व्यक्त गर्दै वार्षिक सभामा सहभागी सबैलाई स्वागत गरेका थिए। वार्षिक साधारण सभालाई शुभकामना व्यक्त गर्दै सम्बोधन गर्नेहरुमा समाजका वरिष्ठ सल्लाहकार मोहन गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार चन्द्रमान गुरुङ, पूर्व अध्यक्ष हरी (गोविन्द) गुरुङ, पूर्व अध्यक्ष तथा सल्लाहकार क्या.रि. नारायण बहादुर गुरुङ रहेका थिए।

वार्षिक साधारण सभामा गतसाल नेपालमा गएको भूकम्प पीडितहरुको लागि उठाईएको बाँकि रकम वितरण, च्यारिटी डिनरको विवरण, हालै सम्पन्न भएको ल्होछारको आयव्यय, समाजको पहिलो मुखपत्र आँशिमलाँ, समाजको अचल सम्पत्ति, आमा समुहको प्रत्तिवेदन, कोषाध्यक्षको प्रत्तिवेदन, महासचिवको प्रत्तिवेदन, सालभरीको कार्यक्रमहरु समेटेर तैयार पारेको क्यालेण्डर, समाजको आजिवन सदस्यका लागि छलफल र विधान संशोधन, सामुदायिक भवन सम्बन्धि आर्थिक विवरणहरु बारे लगभग सात घण्टा लामो छलफल भएको थियो र सबै विषयहरुमा गहन छलफल गरेर सकारात्मक निष्कर्शमा साधारण सभालाई समापन गरेको थियो । वार्षिक साधारण सभाको अन्ततिर ल्होछार कार्यक्रममा छुटेका अवार्ड वितरण सभाध्यक्ष द्वारा गरिएको थियो।

यसवर्षका लागि पहिलो कार्यक्रम समाजका सल्लाहकार सुमलकुमार गुरुङको संयोजनमा अर्को महिना, १३ फरवरी २०१६को दिन तमु (गुरुङ) लामा बौद्ध समाजका अध्यक्ष आचार्य शिरलामा गुरुङ मार्फत सम्पन्न गरिने पूजा तथा प्रवचन कार्यक्रम रहेको छ । त्यसैगरी यसवर्ष सम्पन्न गरिने ग्रिनविच कप फुटबल २०१६ प्रत्तियोगिता पनि ग्रिनविच नेपाली यूथ अर्गनाईजेशन र साउथ ईष्ट रेजिनल तमुधिं लण्डनको संयुक्त आयोजनामा सम्पन्न गरिने निर्णय भएको छ । यसैगरी यसवर्षको बुद्ध जयन्तीको अवसरमा वृहत शान्ति र्याली गत वर्ष सरह सल्लाहकार सुमलकुमार गुरुङको संयोजनमा सम्पन्न गरिने निर्णय साधारण सभाले गरेको छ। अन्तमा सभाध्यक्षले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेर साधारण सभा समापन गरेका थिए । साधारण सभाका लागि खाजाको व्यवस्था समाजका सदस्यद्वय याम गुरुङ तथा तारा गुरुङले प्रायोजन गरेका थिए । दिउँसोको खानाको व्यवस्था समाजका आमा समुहले प्रायोजन गरेका थिए।





Comments

comments

Leave a Reply

10740