Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नवौं यलम्बरहाँङ रनिङशिल्ड फूटबल १६ अप्रिल २०१६ मा हुने

विश्वासदीप तिगेला / एचकेनेपाल डट कम –
फेल्थाम लण्डनमा किरात याक्थुङ चुम्लुङ युकेको बैठकले ऐतिहासिक नवौं यलम्बरहाँङ रनिङशिल्ड फूटबल प्रतियोगिता पूर्वनिर्धारित १६ अप्रिलकै दिन भब्यतापूर्वक सम्पन्न गर्ने निर्णय गरेको छ।

-

समर मौषमसंगै नेपाली समुदायमा फूटबल प्रतियोगिताको पनि शुरुवात हुने परम्परा अनुसार यस बर्षपनि यलम्बरहाँङ रनिङशिल्ड फूटबल फेल्थाम लण्डनमै हुने भएको छ । युकेका नेपाली समाजबाट हुने फूटबल प्रतियोगिताहरु मध्येको एक ठूलो खेल मानिने यस रनिङशिल्डलाई गत बर्ष जेडि ब्वाइज क्लवले नगद १ हजार पाउण्ड रासिको पुरस्कार र ट्रफि सहित चुमेको थियो । ब्वाइज क्लव संग एफसी युनाइटेडले फाइनल खेलखेलेको थियो र अनिल तामाङ म्यानअफ दी म्याच घोषित भएका थिए । गतबर्ष ३२ टिमहरु सहभागि थिए।

किरात प्रथम राजा यलम्बरको सम्मान तथा सम्झनामा रनिङशिल्ड फूटबल पहिलो पटक सन् २००८ अगष्ट ९ बाट शुरु गरिएको थियो । यो बर्ष प्रतियोगिताको नबौं संस्करण हो । राजा यलम्बरले ३७९५ बर्षअघि शासन शुरुवात गरेको इतिहासहरु प्राप्त भएका छन् । याक्खा, सुनुवार, राई, लिम्बु, जिरेल, सुरेल, थामी, धिमाल, हायु आदिले आफूहरु किरात भएको दावी गर्दै आएका भएपनि पुराना इतिहासको पुस्तकमा मगर र गुरुङलाई पनि किरात भनी उल्लेख गरेको पाइन्छ।





Comments

comments

Leave a Reply

10742