Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनआरएनए हङकङ विधान संशोधनको तयारी गर्दै…

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, गैर–आवासीय नेपाली संघले विधान संशोधन मस्यौदाको लागि सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। हालै याक एन्ड यती रेष्टुरेण्टमा आयोजित कार्यक्रम विधान संशोधन मस्यौदा समितिको आयोजनामा सम्पन्न भएको हो।


सुझाव टिपोट गर्ने क्रममा संयोजक ओख्राबो। तस्बिरः जगतअम्बु गुरुङ/ एचकेनेपाल डट कम

समितिका संयोजक जसबहादुर ओख्राबोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले मस्यौदाको रुपरेखा प्रस्तुत गरेका थिए। उनले पाँचौ अधिवेशनको म्याण्डेट अनुसार आफ्नो संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको जानकारी गराउँदै जनवरी २९ सम्म प्राप्त सुझावलाई मस्यौदामा सन्दर्भ सामग्रीको रुपमा लिइने जानकारी गराएका थिए।

सुझाव टिपोट गर्ने क्रममा सदस्य वनेम।

एशिया क्षेत्रीय सहसंयोजक कृष्णप्रसाद पाण्डे, सल्लाहकार तथा निवर्तमान अध्यक्ष दुर्गा गुरुङ, सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष राधिका गुरुङ, सल्लाहकार दिलिपसिंह गुरुङलगायतको उपस्थिति रहेको कार्यक्रममा समितिका सदस्य इन्द्र वनेमले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
बेलायतका प्रवक्ता खुसी लिम्बूले संस्थाको लागि विधान नभएर विधान संस्थाको लागि हुनु पर्ने बताउदै बेलायतको विधान पनि आवश्यकतानुसार संशोधन गरिएको जानकारी गराएको कार्यक्रम सञ्चालक समितिका सदस्य किसन राई रहेका थिए।





Comments

comments

Leave a Reply

10797