Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियामा कक्टेल डान्स पार्टीमा झुमे

कोरियाली नयाँ बर्ष सलनालको पहिलो दिन कोरियाको राजधानी सोलमा रोयल ईभेन्ट कोरियाको आयोजनामा भएको ” विन्टर कक्टेल डान्स पार्टी “मा युवा युवतीहरु बिहान हुन्जेल पार्टीमा झुम्मिए।

कोरियाका चर्चित नेपाली डिजे एभसंगै नयाँ डिजेको रुपमा उदाएका डिजे नोनले पालैपालो नेपाली, अंग्रेजी तथा कोरियन डान्सिंग नम्बरबाट पार्टीमा आएका युवायुवती हरुलाई नचाउन सफल भएका थिए।

सोलमा रहेको छा छा नाईट क्लबमा आयोजना भएको पार्टीमा करिब ५०० को हाराहारीमा युवा युवतीहरुको भिड रहेको थियो। बाक्लो भिडसंगै युवा युवतीहरु चिसो रातमा पनि तात्तिदै डान्समा मग्न देखिन्थे।

छुट्टिको अवसरमा रेफ्रेश्मेंट होस् भनि पार्टी आयोजना गरेको रोयल ईभेन्टक दिपेश श्रेष्ठले बताए।





Comments

comments

Leave a Reply

10820