‘स्टार फेरी’ पानी जहाजको फनेलबाट आगो र धुवाँ, यात्रुहरु सुरक्षित…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २५ फेब्रुअरी। वान चाइ जाने ‘स्टार फेरी’ पानी जहाजको फनेलबाट आइतवार अचानक आगो र धुवाँ निस्किएको छ। यो घटना एक हप्ताभित्र दोस्रो पटक भएको हो।

दुर्घटना दिउँसो १ बजे भएको थियो, “ट्विङ्कलिङ स्टार” फेरीको चिम्नीबाट आगो र धुवाँ निस्किएको थियो। घटनापछि यात्रुलाई सचेत गराइएको थियो।

पानी जहाजले वान चाईसम्मको आफ्नो यात्रा जारी राखेको थियो र धेरै उद्धार जहाज फायरबोट र प्रहरी बोटहरु वान चाई पियरमा तैनाथ गरिएको थियो ।

आगलागीको कारण खोज्न फायर फाइटरहरू फेरीको माथि चढेका थिए। सौभाग्यवश, घटनाबाट कसैलाई चोटपटक लागेको छैन। फेरीलाई वान चाई घाटमा अनुसन्धान र निरीक्षण कार्यहरूको लागि रोकिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





Comments

comments

108454