हङकङमा दिउंसै ६ मिलियन हङकङ डलर बराबरको लक्जरी घडीहरु लुटपाट, दक्षिण एसियाली मूलका ३ जना लुटेराको खोजी जारी…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ फेब्रुअरी। कजवे बे पसलबाट बुधवार दिउँसो करिब ६० लाख हङकङ डलर बराबरको लक्जरी घडीहरु लुटपाट भएको छ।

चक्कु र हथौडा प्रयोग गरेर घडी लुटपाट गरी फरार भएका तीन लुटेराहरू खोजी भइरहेको प्रहरीले जनाएको छ।

दक्षिण एसियाली मूलका तीनजना व्यक्तिहरूले दिउँसो २.०४ बजे फू मिङ स्ट्रिटमा रहेको घडी पसल “लेजेन्ड सक्सेस टाइमपिस” का कर्मचारीलाई चक्कु देखाएर धम्की दिदै लुटपाट गरेको बताइएको छ।

स्थानीय मिडिया अनुसार तिनीहरूले डिस्प्ले केसहरू चकनाचूर पारेर कारमा भाग्नु अघि लगभग ६० लाख हङकङ डलर बराबरको लक्जरी घडीहरू लुटेका थिए।

घटनामा कुनै मानवीय क्षति नभएको र प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।





Comments

comments

108772