Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अन्तर्राष्ट्रिय फुटबलमा नवयुगको दोस्रो ह्याट्रिक: नेपालद्वारा भुटान ५-० ले पराजित

सन्देश श्रेष्ठ / एचकेनेपाल डट कम –
भारत, सिलोङ्ग, २४ माघ। भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पुरुष फुटवलमा पनि सुखद सुरुवात गरेको छ।

आइतवार भएको खेलमा नवयुग श्रेष्ठको ह्याट्रिकको मद्धतमा नेपालले भुटानलाई ५-० को फराकिलो अन्तरले हराउँदै बिजयी सुरुवात गरेको हो।

नेपालका लागि नवयुग श्रेष्ठले ह्याट्रिक गरे । उनले ३६, ७६ र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन्। यसअघि उनले बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा समेत ह्याट्रिक गरेका थिए।

बंगबन्धु गोल्डकपबाट चम्किएका नवयुगको यो दोश्रो अन्तर्राष्ट्रिय ह्याट्रिक हो। आजको खेलको ४५ औं मिनेटमा विशाल राईले र अञ्जन विष्टले ५१ औं मिनेटमा गोल गरेका थिए।

नेपालले ११ तारिखमा बंलादेशसंग प्रतिस्पर्धा गर्दै छ। बंगलादेशमा फुटबलमा गोल्ड मेडल जितेदेखि अहिलेसम्म नेपाल गोल्ड मेडलबिहिन छ।





Comments

comments

Leave a Reply

10948