Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मोडलिङमा भबिष्य खोज्दै – मोडल सुजाता केसी

सुर्य चन्द काठमाडौँ: मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान् नाम कमाउन अनि चर्चित हुने सबै को चाहना हुन्छ। त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाकासाथ अहिले मोडेल सुजाता केसी लागेकी छिन्।

काठमाडौँको स्थायी बासिन्दा सुजाता केसी अहिले आफ्नो लक्ष्यमा पुग्न दिनरात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन्। नृत्य र अभिनयमा पोख्त सुजाता सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन् चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनीभित्रको आकर्षण पनि हो। केही टेलि चलचित्रमा तथा सर्ट फिल्ममा आफ्नो अभिनय प्रस्तुत गरि सकेकी सुजाता अभिनय कलालाई अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन्।

भर्खर १९ औ बसन्तमा प्रवेश गरेकी सुजाता हेर्दा सार्है नै आकर्षित छिन, हाँसि रहने शालीन स्वभाबकी सुजाता यदि राम्रो ठाउंबाट म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन्। सानै उमेरदेखि मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ।

सुजाता अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोसिशरत छिन्। सुजाता भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु। उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ। जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउछिन्।


Click here to view more photo





Comments

comments

Leave a Reply

10952