बेलायतबाट नेहा (योरुना) पुनको हत्यारालाई कार्वाहीको माग गर्दै ज्ञापन पत्र

रोशन मेवाहाङ / एचकेनेपाल डट कम-
लण्डन २४ माघ। ६ फेब्रुवरी शनिबारको दिन नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतले नेपाली दूताबास लण्डनमा नेहा (योरुना) पुनको हत्यारालाई कार्वाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन्।

म्याग्दी चिम्खोला-७ स्थायी घर भई हाल कास्की पोखरा-१५ नयाँ गाउ बस्ने १९ बर्षीया योरुना पुन मगर चलचित्रकी नायिकासमेत रहेकी “ नेहा “ को बलात्कारपछि निर्ममतापूर्बक हत्या गरिएको बिरोधमा हत्यारालाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाहीको मागसहितको ज्ञापन पत्र प्रधानमन्त्रीको नाँउमा बेलायतस्थित नेपाली दूताबासका कार्यबाहक राजदूत तेज बाहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको छ।

महिला महासंघकी अध्यक्ष कमला थापा उपाध्यक्ष बिमला राई, महासचिब बिमला सेने , संस्थाका सल्लाहकार तथा नेपाली महिला समाज बेलायतकी उपाध्यक्ष शशी सुब्बा थापा, बेलायत मगर महिला संघकी अध्यक्ष हिमाली राना , दुरा महिला सेवा समाजकी अध्यक्ष गंगा दुरा एनआरएन बेलायतकी उपाध्यक्ष शान्ती थापा कुवर , अनिता थापा , ईन्दिरा गलामी , किरात राई यायोख्का सल्लाहकार क्षेत्रकला राई,बिजि डब्लु एस रेडियोका संबाददाता गोमा राना , जमुना पुन, जनमुक्ति मञ्च बेलायतका केन्द्रिय सदस्य शोभा राना, हिमा थापालगायत स्थापित थुप्रै महिला संजालका महिला अधिकारकर्मीहरुद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ‘मगर चलचित्र ‘गाउला’ तथा ‘यूँपा’की नायिका नेहा पुनमगरको हत्या गरिएको घटनाले सम्पूर्ण नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतलाई स्तब्ध तुल्याएको छ। यस्तो निकृष्ट शैलीको हत्याको महिला महासंघ बेलायत घोर बिरोध र भत्सर्ना गर्दछ।

उक्त घटनाले सम्पूर्ण महिलाहरु असुरक्षित महसुस गरेको भन्दै ज्ञापनपत्रमा हत्यारा जोसुकै भएपनि तत्काल पक्राउ गरी सार्वजनिक गर्दै हत्यारालाई हदैसम्मको कारबाही गरी आम महिलाहरुको स्वतन्त्रतापूर्बक बाँच्न पाउने अधिकारको प्रत्याभूति दिलाउन तथा शान्ति, सुरक्षाको सुब्यबस्था कायम गर्न र गराउन जोरदार मागसमेत गरिएको छ।

ज्ञापन पत्रमा भनिएको छ नेपाल सरकारले पीडित परिवारलाई यथासिध्र राहतको ब्यबस्थासमेत मिलाइयोस् भन्दै मृतआत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समबेदना समेत प्रकट गरेका छन्।

यो पनि हेर्नुहोस्:
नेहा योरुना पुनको बलात्कार प्रयाशपछि हत्याको विरोधमा पोखरा आन्दोलित (अडियो रिपोर्ट)





Comments

comments

Leave a Reply

10955