Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
भर्जिनियामा भजन शिरोमणी भक्तराज आचार्य सांगीतिक श्रद्धाञ्जली समारोह सम्पन्न – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

भर्जिनियामा भजन शिरोमणी भक्तराज आचार्य सांगीतिक श्रद्धाञ्जली समारोह सम्पन्न

विजय थापा –

अमेरिकाको भर्जिनिया राज्यको आश्बर्न शहरको एक पुस्तकालयमा भजन शिरोमणी स्व. भक्तराज आचार्यलाई श्रद्धासुमन अर्पण गर्दै सांगीतिक श्रद्धाञ्जली समारोह सम्पन्न गरियो।

सांगीतिक श्रद्धाञ्जली समारोहमा भजन शिरोमणी स्व.भक्तराज आचार्यका कालजयी गीतहरु प्रस्तुत गरिएको थियो। साथै त्यहाँ आचार्यका तस्बिरमा समारोह अगाडी नै पुष्प गुच्छा तथा माल्यार्पण गरिदै श्रद्धाञ्जली दिईएको थियो ।

कार्यक्रममा कुनै आसन र भाषण नराखी समारोहको समन्वय गरेका संचारकर्मी सहदेव पौडेलले कार्यक्रमको शुभारम्भ गरेका थिए। पौडेलले कार्यक्रम उद्धेश्य बारे र संक्षेपमा भजन शिरोमणी स्व आचार्यको बारेमा प्रकाश पारेका थिए।

आमन्त्रित गरीएका डा अनुप पहाडी (विद्या वारिधि )तथा दिनेश आचार्यले संक्षेपमा भजन शिरोमणी स्व भक्तराज आचार्यको बारेमा बोलेका थिए। वक्ता दुवैले भजन शिरोमणीले ४०० भन्दा ज्यादा गीत गाएको र उनको बाल्यकाल जीवनको साथै संघर्षका बारेमा समेत बोलेका थिए । डा पहाडी गीतकार पनि भएकोले उनका सुपुत्रहरु सत्य र स्वरुपले आफ्नो गीत गएको सन्दर्भ उल्लेख गर्दै नेपालमा भजन शिरोमणीसँग भेटघाट भएको बताए।

सांगीतिक श्रद्धाञ्जली समारोहमा गायक तथा संगीतकार तथा सत्य तथा स्वरुपका गुरु समेत रहेका श्याम सुन्दर आचार्यले मन्त्रमुग्ध हुने कालजयी प्रख्यात गीतहरु प्रस्तुत गरेका थिए । उनले सुरुवात भजनबाट गरेका थिए । उनले हजार सपना , मुटु जलि रहेछ , जहाँ छन् बुद्धका आँखा , माया मेरी साँझ बनि लगायत करिव आधा दर्जन गीत प्रस्तुत गरे । त्यस्तै गरी कलाकार आयुष पुडासैनीले पनि बीच मै हजार आँखा हेर्ने एक गीत प्रस्तुत गरेका थिए।

गायक श्याम सुन्दर आचार्यलाई दिपक आचार्य , रुपक श्रेष्ठ , आयुष पुडासैनीले साथ दिएका थिए । कार्यक्रम संचालन संचारकर्मी सहदेव पौडेलले गरेका थिए भने उनले समापन गर्नु अघि एउटा गीत प्रस्तुत गरेका थिए।





Comments

comments

109904