रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा ईश्वरी ढकाल

रमेश खावाजु –

रोयल प्यालेस होटेल न्युरोड पोखरामा रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलन सम्पन्न भएको छ।

नेकपा (माओबादी केन्द्र)का केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज पूर्व शिक्षामन्त्री दिननाथ शर्माको प्रमुख आतिथ्यमा भएको सम्मेलनले ईश्वरी ढकालको अध्यक्षतामा २९ सदस्यीय प्रदेश कमिटि चयन गरेको छ।

माओवादी केन्द्रका केन्द्रीय सचिव शर्माले परिस्थितिले विदेशिएका युवा आफ्नाे मातृभूमि फर्केर आउनु सुखद रहेकाे बताउनुभयाे। उत्पादन र श्रममार्फत देशमा कायापलट पार्ने अभियानसहित सुरु भएकाे रिटर्नी सेन्टरले २०८० सालमा एउटा इतिहास रच्ने विश्वास व्यक्त गर्नुभयाे।

समाजवादी क्रान्ति सफल पार्न उत्पादन ब्रिगेड बनाएर देशकाे विकासमा लाग्ने अभियानमा पार्टीले सहयाेग गर्ने बताउनुभयाे। नयाँ गठबन्धनलाई लक्षित गर्दै माओवादीले दुईवटै खुट्टा चलाउने बताउनुभयाे। “परिस्थिति अनुसार दाईने मात्र नभएर देब्रे खुट्टा पनि चलाउन जानेकाे छ।” शर्माले भन्नुभयो।

संविधानलाई कमजाेर पार्ने, माओवादी आन्दाेलन र जनयुद्धलाई बदनाम गरि हिन्दू धर्म, राजसस्था फर्काउने पश्चगामी कदम लिएकोले कांग्रेससंगकाे गठबन्धन टुटाएकाे बताउनुभयाे। त्यस्तै माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायित्री गुरुङले रिटर्नी सेन्टर नेपालमार्फत विदेशबाट फर्किएका युवाले स्वदेशमै केही गर्ने हुटहुटि देखाएर छाेटाे समयमै गण्डकी प्रदेश सम्मेलन गर्नु सुखद रहेकाे बताउदै माओवादी पार्टीले पनि नयाँ ढंगले उत्पादन र राेजगारी सिर्जना गर्ने निति ल्याएकाे जनाउनुभयाे।

रिटर्नी सेन्टर नेपालका केन्द्रीय संयाेजक देवेन्द्र सम्वाहाम्फेले रिटर्नी सेन्टर विदेशबाट फर्केका, विदेश भएका युवाका परिवारलाई उत्पादन र राेजगारीमा जाेड्ने, बन्द भएका कारखाना सञ्चालन गरि राष्ट्रिय पुंजी संकलन गर्ने बताउनुभयाे । माओवादी केन्द्र कास्कीका संयाेजक केशव पाैडेलले बदलिदाे परिस्थिति अनुसार युवालाई अवसर र नेतृत्व दिनुपर्ने बताउनुभयाे।

रिटर्नी सेन्टर नेपालका अन्तर्राष्ट्रिय विभाग प्रमुख रमेश तुफानले नयाँ प्रविधि युगकाे माग अनुसार चल्न, एआई प्रबिधि जस्ता अत्यधिक प्रविधिले विश्वलाई अघि बढाएकाे सन्द्दर्भमा साेहि अनुसार अघि बढ्न र रिटर्नीकाे श्रम, सिप, पुंजीलाई सदुपयोग गरि वृहत उत्पादन अभियान सञ्चालन गर्न ढिला गर्न नहुने बताउनुभयाे।

नवनिर्वाचित अध्यक्ष ईश्वरी प्रसाद ढकालले रिटर्नी सेन्टरमा आवद्ध साथीहरुले बढि काम र कम भाषणा गर्ने गरि अघि बढ्ने र उत्पादनमा जाेडिएर नयाँ राैनक सिर्जना गर्ने बताउनुभयाे।

उपाध्यक्ष भुवनसिंह गुरुङले गण्डकी प्रदेशले गरेका कामकाेबारेमा जानकारी गराउनु भएकाे थियोे। कार्यक्रममा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य चुडामणिा अधिकारी, बेलुकाजी थापा, रिटर्नी सेन्टर नेपाल केन्द्रीय सह-संयाेजक रामचन्द्र अधिकारीलगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे।सम्मेलनमा अतिथि रिटर्नी सेन्टर नेपाल सचिवालय सदस्यहरु घनश्याम भट्टराई , बाल कृष्ण मरासिनी प्रदेश , जिल्ला तथा पालिकाका बिभिन्न पदाधिकारीहरु पनि उपस्थित भएका थिए।

सम्मेलनबाट चुनिएका पदाधिकारीहरु
अध्यक्ष – ईश्वरी प्रसाद ढकाल
उपाध्यक्ष – भुवन गुरुङ, तुल्सी पराजुली, ऋषिराम भट्टराई
सचिवः सज्जन कुमार सिंह
सहसचिवः कमल जिसी, आशिष न्याैपाने, याेगन्द्र गुरुङ
काेषाध्यक्षः नमिता शेरचन
सदस्य- समराज गुरुङ
सदस्य- जिबि परियार
सदस्य- हिरा बहादुर रेग्मी
सदस्य- पूर्ण बहादुर पाईजा पुन
सदस्य- सुशील खड्का
सदस्य- बाबुराम थापा
सदस्य- शमबहादुर केसी
सदस्य- प्रेमराज अधिकारी
सदस्य- उमेश आले
सदस्य- हिमलाल गाैतम
सदस्य- राम बहादुर बिक
सदस्य- प्रज्वल अधिकारी
सदस्य- बुद्ध गहतराज
सदस्य- राजु न्याैपाने
सदस्य- हरिबहादुर परियार





Comments

comments

109899