आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

टक्सार (भोजपुर), भोजपुरको हतुवागडी गाउँपालिका–७ मा शनिबार भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिए।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

110366