बाल्टिमोरको भागवत सप्ताहबाट लगभग २० लाख डलर सङ्कलन

विजय थापा । बाल्टिमोरको भागवत सप्ताहबाट कुल लगभग २० लाख डलर सङ्कलन भएको छ । साथै हिन्दु बुद्ध मन्दिरका अध्यक्ष डा श्याम कार्कीले १ लाख २१ हजार डलर दानको अतिरिक्त कालान्तरमा १० लाख डलर थप्ने प्रतिबद्धता जाहेर गरेका छन्।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा गत मार्च ३० शनिबारदेखि अप्रिल ६ सम्म आयोजना गरिएको मेरिल्याण्ड आध्यात्मिक महोत्सव ~ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ”मा कूल लगभग २० लाख डलर संकलन भएको छ । स्मरण रहोस , यी सबै दान दिने रकम नगद नभई दानवीरहरुले भविष्यमा दिने प्रतिबद्धता गरेका हुन् ।

थुप्रै नगद तथा चेक(धनादेश )प्राप्त भएता पनि हिन्दु बुद्ध मन्दिर आयोजक समितिले हिसावकिताव आफ्नो आधिकारिक पृष्ठमा अध्यावधिक गर्ने बताएका छन्।

सप्ताहको अन्तिम दिन अप्रिल ६ क दिन ५ ,५३,५४१ डलर सङ्कलन भएको थियो भने पहिलो दिन समाजसेवी नरेश केसीले मन्दिर निर्माणको लागि ७० हजार डलर चन्दा दिएका थिए।

महापुराणका संचार संयोजक सृजन ताम्राकारले दिएको सूचना अनुसार पहिलो दिन मार्च ३० का दिन ७० हजार डलर ,मार्च ३१ मा १ ,२८ ,२२३ ,अप्रिल १ मा ६०,५७२ ,अप्रिल २ मा ८५,२८० ,अप्रिल ३ मा १,९०,४१८ ,अप्रिल ४ मा १,३७ ,४६६। अप्रिल ५ मा ७१५,३८२ तथा अन्तिम दिन ५ ,५३,५४१ डलर सङ्कलन भएको छ । यसरी लगभग २० लाख डलर सङ्कलन हुन् आएको छ।

उक्त मन्दिरको लागि सबै भन्दा ठूलो दान गर्ने डा श्याम कार्की जो हिन्दु बुद्ध मन्दिर अध्यक्ष पनि हुन् । उनले महापुराणको लागि १ लाख २१ डलर दान (यो बर्ष ) प्रतिबद्धता गरेका छन् भने तर उनले ९० बर्ष पुगेपछि त्यस अघि मृत्युवरण भएमा थप १० लाख डलर दिने प्रतिबद्धता जाहेर गरेका छन्।

डा कार्कीले १ लाख डलर पहिले नै दिई सकेका छन् । यस्तै दोश्रो ठूलो रकम दान गर्ने मन्दिरका वरिष्ठ उपाध्यक्ष क्रिस घिमिरे रहेका छन् । उनले लगभग १ लाख ५० हजार डलर दान दिने भएका छन् । उनले पुरानो ५० हजार सहित १ लाख ५० लाख पुर्याउने प्रतिबद्धता गरेका छन्।

त्यसै मेरिल्याण्डका लागि पर्यटनदूत समेत रहेका व्यवसायी राजु पराजुलीले कूल १ लाख ११ हजार १११ डलर पुर्याउने प्रतिबद्धता जाहेर गरेका छन् । यसैगरी मेरिल्याण्डका ज्योती रानाभाट तथा उमा रानाभाटको परिवारले १ लाख डलर दिने प्रतिबद्धता गरेका छन्।

५० हजार डलर दान दिने योजना बनाएर आएका दम्पत्तीले माहौल र नेपाली समुदायको अभूतपूर्व सहभागिता देखेर थप १ लाख डलर दिने घोषणा गरेका थिए । उनीहरुले दानलाई दोब्बर बनाएका थिए । यता पर्वत समाज अमेरिकाका अध्यक्ष रबिन शर्मा र सहयोगी जितेन गुरुङले समूहले लगभग १ लाख ३५ हजार डलर उठाएर सामूहिक सहयोग जुटाएका थिए । म्याग्देली समूहका जगत घिमिरे र सुदर्शन पौडेल लगायतका समूहले लगभग २ लाख ३० हजार डलर दान गरेका छन्।

त्यस्तै युवा व्यवसायी तथा सक्रिय समाजसेवी अपार श्रेष्ठ ,रमेश भट्ट नेपाली छोरो लगायतको समूहले लगभग १ लाख २१ हजार डलर दान दिने प्रतिबद्धता गरेका छन् । साथै यसरी बिभिन्न समूहबाट थुप्रै रकम दान गरेका छन् । र ,बिस्तृत विवरण क्रमशः प्रकाशित गरिने संचार संयोजक श्रीजन ताम्राकारले बताए । उनले सबैलाई बिशेष बिशेष धन्यवाद दिएका छन् । साथै आधिकारिक रुपमा हिन्दु बुद्ध मन्दिरको पृष्ठबाट प्रकाशित क्रमबद्ध रुपमा प्रकाशित गरिदै जनाए छ भने सबैलाई धैर्य धारण गर्न समेत आह्वान गरिएको छ ।

वाचन प्रवीण दीनबन्धु पोखरेलले श्रीमद भागवत ज्ञान महायज्ञमा भागवत कथा वाचन गरेका थिए । मार्च ३० शनिबारका दिन मेरिल्याण्ड आध्यात्मिक महोत्सवमा अद्वितीय रुपमा कलश यात्रा सम्पन्न गरिएको थियो।

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन दिव्य कलशयात्रासहित बिभिन्न समुदाय तथा अमेरिकाको मौलिक इन्डियन अमेरिकीहरुको समेत सामूहिक झाँकी रहेको थियो।





Comments

comments

112286