नयाँबर्ष २०८१ को उपलक्ष्यमा कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। नेपाली नयॉंबर्ष २०८१ को अवसरमा कोलोराडोमा सम्पन्न रक्तदान कार्यक्रमा ११ जनाले रक्तदान गरेका छन्।

ब्लड डोनर्स अफ अमेरिका कोलोराडो शाखा र रकी माउन्टेन फ्रेन्डस अफ नेपालको संयुक्त आयोजनामा कोलोराडो, वेस्टमिनिस्टरस्थित Vitalint मा गत आइतवार सम्पन्न रक्तदान कार्यक्रमा ११ जना नेपाली दाजुभाइ दिदीबहिनीहरूबाट रक्तदान सम्पन्न भएको हो।

एक पटकको एक ब्यक्तिको रक्तदानबाट तीनजना व्यक्तिको जीवन बॉंच्न सक्छ। यस्तो पुण्य कार्यमा धेरै भन्दा धेरै ब्यक्तिलाई जागरुक बनाउंदै रक्तदान कार्यमा अभिप्रेरित गराउने मुल उद्देश्यका साथ आयोजित कार्यक्रममा ५ जना रक्तदाताहरुलाई पहिलोपटक सहभागी गराउन सक्नु कार्यक्रमको प्रमुख सफलता रहेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष डा. शारदा त्रिपाठीले बताइन्।

यसरी पहिलो पटक रक्तदान गर्नेहरूमा बिकाश त्रिपाठी, अरुण गुरागाइ , लिजा श्रेष्ठ, दिनेश भट्टराई र श्रीजना भट्ट रहेका छन्। त्यस्तै अन्य रक्तदाताहरुमा टीका पौडेलले , मनोज श्रेष्ठ, रमीता तुलाधर, श्रीराम लुंईटेल, बिनिता वाग्ले र तेज ढकाल रहेका छन्। कार्यक्रममा बि.डि.ए. कोलोराडो च्याप्टरका सल्लाहकार टीका पौडेलले ३५ औं पटक रक्तदान गरेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

112751