Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
लेखनाथ महोत्सवलाई यसरी तताए चर्चित गायक शिव परियारले – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लेखनाथ महोत्सवलाई यसरी तताए चर्चित गायक शिव परियारले

नवराज सापकोटा / एचकेनेपाल डट कम –
लेखनाथ, १५ फागुन। कास्कीको लेखनाथमा जारी १२ औं लेखनाथ महोत्सवको ११ औं दिन शनिबार मानव सागर उर्लिएको छ। महोत्सवमा एकै दिन ६० हजार दर्शकले अवलोकन गरेका छन्।

त्यसैगरी महोत्सवमा शनिवार मात्रै ३ करोड रुपैयाको कारोबार भएको प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए।

विहान १० बजेदेखि शुरु भएको दर्शकको आगमन साँझ ७ बजेसम्म जारी रहेको थियो। साँझ पख चर्चित गायक शिव परियारको गीत संगीतका लागि बेलुका दर्शकहरुको चाप बढेको थियो। दर्शकको अधिक चाप हुँदा आयोजकलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो। यसअघिका लेखनाथ महोत्सवमै शनिवारको दर्शकको उपस्थितिलाई सर्वाधिक धेरै मानिएको छ।

दर्शकको उपस्थिति आयोजकले अनुमान गरेभन्दा धेरै भएपछि व्यवस्थापन गर्न कठिनाई भएको गेटव्यवस्थापन उपसमितिका संयोजक ऋषिराम भण्डारीले जानकारी दिए । महोत्सव स्थलमा दर्शक नअटेपछि सहज बर्हिगमनका लागि सवै आपतकालिन द्धारहरु खोल्नु परेको बताए।

महोत्सव झण्डै २० करोडको कारोबार र तीन लाख भन्दा बढी दर्शकको अवलोकनका साथ आइतबार समापन हुँदै छ। क्षेत्रिय प्रशासक शंकर कोइरालाले महोत्सवको समापन गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले जानकारी दिए।

महोत्सवको मुख्य आर्कषण गण्डकी ताराको फाइनल समेत शनिवार सम्पन्न भएको छ। त्यसको नतिजा भने आइतबार समापन कार्यक्रममा सार्वजनिक गरिने प्रतियोगिताका संयोजक भक्तवहादुर के.सी ले जानकारी दिए।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन र समृद्धि भन्ने नाराका साथ फागुन ५ गतेदेखि १६ गतेसम्मका लागि आयोजना गरिएको महोत्सवमा विभिन्न बस्तु तथा सेवाका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन्। समापन कार्यक्रममा विभिन्न प्रतियोगिताका विजयी तथा महोत्सवका विभिन्न इभेन्ट विजेतालाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम रहेको महासचिव छत्रधर आत्रेयले जानकारी दिए।





Comments

comments

Leave a Reply

11342