मोसु कतारको १५औ बार्षिकोत्सब सम्पन्न

दिलिप पराजुली / एचकेनेपाल डट कम –
दोहा, कतारको पुरानो सामाजिक संस्था मोरङसुनसरी सेवा समाज कतारले आफ्नो १५ औ बाषिकउत्सब तथा ११ औ साधारण सभा २६ फरवरीका दिन शालीमार होटल दोहामा सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष टेकनाथ बरालको सभापतित्व तथा एनआरएनए मध्यपुर्व क्षेत्रीय उपसंयोजक उमेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा एनआरएनए आइसीसी सल्लाहकार तथा संस्थाका पुर्व प्रमुख टि. बि. कार्की, एनआरएनए आइसीसी सदस्य तथा पुर्व अध्यक्ष बिनोद भट्टराई, एनआरएनए आइसीसी सदस्य हंसराज ढकाल, एनआरएनए आइसीसी सदस्य तथा मानार्थ सदस्य आर के शर्मा, एनआरएनए एनसीसी अध्यक्ष बिनेश तामाङ, संस्थाका सल्लाहकारहरु, पुर्व अध्यक्षहरु, मानार्थ सदस्यहरु, दोहामा स्थापित बैचारिक तथा सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत मोसु सदस्यहरुको उल्लेखनिय उपस्थिति रहेको थियो।

संस्थाका सचिब चिरञ्जिबी तिम्सिनाले सन्चालन गरेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष योगेन कार्कीले स्वागत गर्नु भएको थियो । पानसमा दिप प्रज्जवलन गरी प्रमुख अतिथिबाट सधाराण सभाको उद्घाटन गरिएको थियो भने १५ औ बार्षिकोत्सवको अवसरमा अध्यक्षबाट केक काटिएको थियो । संस्थाले निवर्तमान कार्यकालमा सहयोग गर्ने कलाकारहरु, स्वयंसेवकहरुलाई प्रशंस पत्र, १० औ साधारण सभाका निर्वाचन समिति क्रान्ति सिंह, चुडामणी कार्की, हंशराज ढकाल एवं संस्थाका गतिविधि संप्रेषण सहयोगी संचारकर्मि घनश्याम पराजुली लाई कदर पत्र प्रदान गरिएको थियो । त्यसै गरी मोसुको विधान बमोजिम एनआरएनए एनसीसी कतारको अध्यक्षको हैसियतमा श्री बिनेस तामाङ र समाजसेवि चुडामणी कार्कीलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो।

कार्यक्रममा धनकुटा प्रवासी सेवा समाजका प्रमुख सल्लाहकार तुल्सी सुवेदी, ओलढुङ्गा सेवा समाजका अध्यक्ष अशोक स्याङतान, गुल्मी सेवा समाजका अध्यक्ष शिव खड्का, नेपाल पत्रकार महासंका अध्यक्ष गणेश बन्जाडे, नेपाल प्रवासी आदीबासी जनजाती महासंका अध्यक्ष सियाराम चौधरी, तराइ मधेश लोकतान्त्रिक मञ्चका अध्यक्ष हुसेन खान, प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरी गैरे, नेपाली जनसम्पर्क समितिका सचिवालय सदस्य देवराज राई, मानार्थ सदस्यहरु मक्सुद आलाम, बद्रीप्रसाद पाण्डे, बरिष्ठ सल्लाहकार चानक पोख्रेल, सल्लाहकार संयोजक लोक तामाङ, एनसीसी अध्यक्ष बिनेस तामाङ, आइसीसी सदस्य तथा मानर्थ सदस्य आर के शर्मा, आइसीसी सदस्य हंशराज ढकाल, आइसीसी सदस्य तथा पुर्व अध्यक्ष बिनोद भट्टराई, आइसीसी सल्लाकार तथा पुर्व प्रमुख टि.बि. कार्की तथा प्रमुख अतिथि उमेश अधिकारीले आ–आफ्नो शुभकामना राख्दै मोसुले समाजमा गरेका कार्यहरुको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो।

उद्घाटन समारोह पश्चात शुरु भएको बन्द सत्रले निवर्तमान सचिव चिरन्जिवी तिम्सिनाले प्रस्तुत गरेको कार्यप्रगति प्रतिवेदन तथा निवर्तमान कोषाध्यक्ष प्रदिप राईले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो । चुडामणी कार्कीको संयोजकत्वमा द्रोण बस्नेत र सीताराम थापा सदस्य रहेको निर्वाचन समितिले अघि बढाएको प्रक्रिया मार्फत टेकनाथ बरालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको थियो । जसको उपाध्यक्ष द्धयमा योगेन्द्र कार्की र सेवन कार्की, सचिवमा चिरन्जीवी तिम्सीना, कोषध्यक्षमा तेज कटुवाल, सह सचिवमा दिलिप पराजुली, सह–कोषध्यक्षमा भिम विश्वकर्मा तथा सदस्यहरुमा द्रोण निरौला, हिक्मत बिष्ट, अमित चौधरी, मनोज चौधरी, भरत श्रेष्ठ, लिलानाथ घिमिरे, पर्शुराम बास्तोला, रमेश निरौला, यम मगर, राजकुमार भट्टराई, देवराज न्यौपाने, गोपाल कटुवाल, समिम बराल र दुर्गाप्रसाद गुरगाँई रहेका छन् । सोहि हलले बिमला थापाको संयोजकत्वमा महिला विभाग, देवराज न्यौपानेको संयोजकत्वमा कला तथा सांस्कृतिक विभाग, सेवन कार्कीको संयोजकत्वमा मानविय सहयोग तथा श्रमिक कल्याण उप–समितिहरु समेत गठन गरेकोछ।

२ मार्च २००१ कतारमा स्थापति भइ निरन्तर क्रियाशिल मोसु नेपालमा विधिवत दर्ता भइ संचालित छ प्रवास शाखाको रुपमा ओमान, बहराईन, यूएइ, कुवेतमा समितिहरु क्रियाशिल छन् । सस्थाले प्रवासमा, जिल्लामा तथा राष्ट्रमा परेका आपद विपदहरुमा सक्दो सहगोग तथा सदस्यहरुको व्यक्तिगत तथा व्यवसायीक विकासको लागि विभिन्न गतिविधिहरु गर्दै आइरहेकोछ।





Comments

comments

Leave a Reply

11391