Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राई इज किङ २३अौं पटक हङकङमा

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, राई इज किङ याने कि राजेशपायल राई आफ्नो मिनी वर्ल्ड टुर नामक कार्यक्रमको सिलसिलामा मलेसिया, साइप्रस, युके हुंदै आज साँझ हङकङ आईपुगेका छन्।

हङकङ एयरपोर्टमा उनलाई किरात राई अध्यक्ष रजिन राई, पेन्गुइन राई र गणेश पुमा राईले स्वागत गरे।

कार्यक्रम किरात पुमा राई भवन संग्रहालय निर्माणार्थ आयोजना गरिन लागेको किरात पुमा हङकङका अध्यक्ष पेन्गुइन किरात राईले बताए।

मेघा स्टार राजेशपायल राईको यो हङकङ यात्रा २३अौं पटक हो भने यतिका पटक हङकङ आजसम्म कोही कलाकार आएका छैनन्।

कार्यक्रममा दर्शकको जुन गीत सुन्ने चाहना छ ती गीतहरु नै प्रस्तुती रहने पनि राईले बताए। उनले थपे – यतिका धेरै मलाई हङकङमा प्रस्तुतीका लागि सम्झनु भएकोमा आयोजक अनि शुभचिन्तकहरुप्रति सलाम र सदा आभारी रहेको बताए।

नेपालबाट गीता राई, जुना प्रसाईं, परवन राई, राजेश पुमा राई, जीतकर्ण राईको पनि सहभागिता रहने उक्त कार्यक्रमको टिकट अहिले नै बुक भइसकेको र केही भीआईपी सिट खाली रहेको र उक्त सिट पनि १२ तारिखसम्ममा बुक भइसक्ने राईले बताए।

कार्यक्रम १३ तारिख हेन्री जी लेउङ कम्युनिटी हल याउ मा तेइमा हुंदैछ।

No. 1 राजेश || Rajesh Payal Rai Nepal’s No. 1 Singer || ft. Mausami Gurung





Comments

comments

Leave a Reply

11576