कलंकी मकालु पेट्रोलपम्पपछाडि एउटा आर्कषक साढे ३ तले घर छ। कम्पाउन्डसहितको घरमा बोर्ड राखिएको छ, सोसाइटल ओभरसिज सर्भिसेज।
फाइल फोटो
देखेर भन्नुहोला, रोजगारीका लागि विदेश पठाउने कार्यालय रहेछ तर होइन रहेछ।
शुक्रबार प्रहरीले छापा मारेपछि त्यो घरभित्रको वास्तविक धन्धाको रहस्य खुल्यो। न त नामको कुनै म्यानपावर नै अस्तित्वमा थियो नत त्यहाँबाट कसैलाई विदेश पठाइथ्यो।
मेनपावरको आवरणमा बेश्याबृत्तिको घन्दा संचालन हुँदै आएको थियो। त्यहाँबाट प्रहरीले २ युवती र २ संचालकलाई पक्राउ गर्यो। कालीमाटी प्रहरीले संचालकद्धय बिमला अधिकारी र गोपाल भुसाललाई पक्राउ गरेको खबर नयाँ पत्रिका दैनिकमा छ।