Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कांग्रेस हस्तीहरुको बिजोग, को को पछि परे?

काठमाडौं – नेपाली कांग्रेसको १३औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यको मतगणनामा केही हस्तीहरु पछि परेका छन्।

शनिबारसम्म गरिएको मतगणनामा २५ भित्र पर्न नसकेका हस्तीहरुको सूची लामै छ।

कांग्रेसभित्रै छुट्टै गुट बनाएका गोबिन्दराज जोशी, विनयध्वज चन्द २५ मा पर्न नसक्ने सम्भावना बढ्दै गएको छ।

जोशीको सम्भावना न्यून देखिए पनि चन्द २५ भित्र पर्ने सम्भावना पूरै टरेको छ। शनिबार सम्मको मतगणना अनुसार जोशी ३२ औं र चन्द ५३औं स्थानमा रहेका छन्।

पूर्वसभामुख तारानाथ रानाभाट पनि २५ मा नपर्ने सम्भावना देखिएको खबर आजको राजधानी दैनिकमा छ। उनी ३५औं स्थानमा छन्।

कांग्रेसका चर्चित अनुहार एवं पूर्वमन्त्री चिरन्जीवी वाग्ले, तरुण दलका अध्यक्ष एवं ललितपुरका सांसद उदयशमशेर राणा, मनमोहन भट्टराई पनि मतगणनामा पछि परेका छन्।





Comments

comments

Leave a Reply

11594