Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पति विदेश गएको दुई महिना नवित्दै पत्नी अर्कै पुरुषको ’चक्कर’मा

दोलखा– छब्बीस वर्षीया कल्पना (नाम परिवर्तन) को बिहे सात वर्षअघि दक्षिणी गाउँ भेड्पुका एक युवकसँग भयो। उनले छोरो जन्माइन्।

सासूससुराले आत्मविश्वाससहित बुहारीलाई घरसम्पत्तिमा सहज अधिकार पनि दिए । जिन्दगी राम्रैसँग चल्दै थियो । परिवार चलाउन धौधौ परेपछि घरसल्लाहमै एक वर्षअघि पति बिदेसिए।

त्यसको दुई महिना नबित्दै उनले आफ्नो जीवनमा नयाँ पुरुषलाई प्रवेश दिइन् र पति नफर्कंदै सम्पत्ति लुटपुट्याएर उसैसँग भागिन्।

भीमेश्वर नगरपालिका–३ की २१ वर्षीया एक महिला पति बिदेसिएको महिनादिनमै परपुरुषसँग सल्किइन्।

विदेशबाट पतिले पठाएको पैसा र सासूससुराको सम्पत्ति गुटमुट्याएर तिनै प्रेमीसँग भागिन्। यी दुई प्रतिनिधि घटना हुन्, जिल्लामा बिदेसिने युवाको संख्या जसरी बढ्दो छ, त्यसरी नै पतिलाई नांगेझार बनाएर परपुरुषसँग सल्कनेको महिलाको संख्या पनि, नागरिक दैनिकमा खबर छ।

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला सेलमा यसरी पतिको घर छाडेर अन्यत्रै भाग्ने महिलाको खोजतलास गरी पाऊँ भनी निवेदन दिने पनि बढेको तथ्यांकले देखाउँछ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार साउनयता मात्र मानिस हराएको भन्दै खोजपडताल गरीपाऊँ भन्ने ८३ वटा निवेदन दर्ता भएका छन् जसमध्ये महिला हराएको मात्र ४८ वटा छन्।





Comments

comments

Leave a Reply

11592