Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मिस नेवा पोखराको उपाधि एलिशा जोशीलाई

पोखरा एफएम / एचकेनेपाल डट कम –
पोखरा, ७ चैत्र। छैटौँ मिस नेवाः पोखरा नेपाल संवत ११३६ को उपाधि पोखरा मोहोरियाटोलका एलिशा जोशीले जितेकी छिन्।

शनिबार पोखरामा सम्पन्न प्रतियोगितामा अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेवा पोखराको ताज पहिरिएकी हुन्। प्रमुख निर्णायक नरेशबिर शाक्यले आमाको आँसु र हाँसो मध्य के कुराले संबेदनशिल बनाउछ भन्ने अन्तिम प्रश्नमा उत्कृष्ट ५ प्रतिस्पर्धी मध्य जोशीले सबैभन्दा उत्कृष्ठ एवम सान्दर्भिक उत्तर दिएर निर्णायकको मन जितेका थिए।

मिस नेवाः पोखरा ११३६ का विजेता जोशीले ४० हजार नगदका साथ स्वराज गहना मोहोरियाटोलको सौजन्यमा १८ तोलाको चाँदीको ताज सहित बिभिन्न गिफ्ट हयाम्पर प्राप्त गरिन। उनले मिस ट्यालेण्टको टाइटल समेत जितिन । यसै गरि फस्ट रनरअप सुबी तण्डुकारले बेस्ट स्माइल र बेस्ट पर्सनालिटीको टाइटल जितिन । उनले नगद २५ हजार तथा आकर्षक गिफ्ट हयाम्पर प्राप्त गरेकी छिन । सेकेण्ड रनरअप सन्ध्या श्रेष्ठले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गरिन । यसैगरि मोस्ट फ्रेण्डलीको टाइटल दिपिका श्रेष्ठ, मिस फोटोजेनिक र मिस बेस्ट नेवारी ल्याङ्गवेजको टाइटल करिस्मा साईले जितिन । प्रत्यक टाइटल अवार्ड बिजेताले जनही ५ हजार रुपैया, प्रमाणपत्र र उपहार प्राप्त गरेका छन्।

कार्यक्रममा मिस नेवा ११३४ रुचि श्रेष्ठ, नारायण श्रेष्ठ, रबि श्रेष्ठ, नरेशवीर शाक्य, बसन्त उदास, ईन्द्रकमल मानन्धर, बसन्तराज श्रेष्ठ निर्णायकका रुपमा रहेका थिए । नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार एक जाती मात्रै होइन सभ्यता पनि हो भन्दै नेपालको परिचय संग यसको भाषिक, मौलिक संस्कृति र बास्तुकलाले बिशेष महत्व बोकेके कुरामा जोड दिए । उनले मिस नेवाका प्रतिस्पर्धी सबै नेवारी संस्कृति र संस्कारको रोल मोडल बनेकोले यसको प्रवद्र्धन गर्नका लागि थप जिम्मेवारी थपिएकोले सोही अनुसार गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै संयोजक सुविन्द्र श्रेष्ठले यो सौन्दर्य प्रतियोगिता मात्रै नभएर बिशुद्ध साँस्कृतिक सौन्दर्य प्रतियोगिता भएको जसले नेवारी सभ्यता र संस्कारलाई युवा पुस्तामा पुर्याएर उनीहरुलाई भाषा संस्कार र संस्कृति हस्तान्तरण गर्ने अभियान पनि भएको बताए । कार्यक्रमको सञ्चालन सारा बजिमय र रेस्मा श्रेष्ठले गरेका थिए।

अन्तिम प्रतिस्पर्धाको प्रतिस्पर्धीहरुमा भैरबटोलका करिस्मा साई, रामबजारका सन्ध्या श्रेष्ठ, सुवि तण्डुकार, सुरक्षा तझ्या र मौनता कर्माचार्य, हेम्जाका ज्योती श्रेष्ठ, पृथ्बीचोकका सेलिका श्रेष्ठ र एनी श्रेष्ठ, रानीपौवाका अनिशा तझ्या, सुस्मा श्रेष्ठ र सन्जु श्रेष्ठ रहेका छन् । यसैगरि मोहोरिया टोलका अस्मिता बज्राचार्य, एलिशा जोशी, सिंहनाथटोलका श्रेंयका प्रधान, सृजनाचोकका सदिक्षा मल्ल, बगरका निशा श्रेष्ठ, लामाचौरका रोजिना श्रेष्ठ र तनहँु डुमे्रका अस्मिता श्रेष्ठ, मालेपाटनका दिपिका श्रेष्ठ रहेका थिए।

कार्यक्रमको कोरियोग्राफी निशा प्रजापति र नेहा बिजुक्छेले गरेका थिए । मिस नेवाका प्रतिस्पर्धीहरुको फोटोसुट सुरज श्रेष्ठले गरेका हुन । मिस नेवा शुरु गरेदेखि नेवार युवतीहरुले मौलिक बाजा बासुरी, धिमे बाजा बजाउन प्रशिक्षण, भाषा तालिम, क्वाँटी खाने मेला कै रुपमा आयोजना गरी नेवारी सँस्कृतिमा योगदान पुर्याउदै आएको छ।





Comments

comments

Leave a Reply

11680